भारतीय सेनाध्यक्षद्वारा नेपाली सेनालाई करिब २२ करोडको सामग्री हस्तान्तरण

  • भदौ २०, २०७९
  • ३५५ पटक पढिएको
  • Ram Pukar Yadav
alt

नेपाल भ्रमणमा आएका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई करिब २२ करोड मूल्य बराबरको सामग्री हस्तान्तरण गरेका छन् ।
१० वटा माइन प्रोटेक्टिभ भेहिकल (बख्तरबन्द गाडी) सहित करिब २२ करोड मूल्य बराबरको सामग्रीको स्याम्पल सेनाध्यक्ष पाण्डेले प्रधान सेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेको सैनिक प्रवक्ता नारायण सिलवालले बताए ।
 
              भारतीय सेनाले नेपाली सेनालाई ४ वटा घोडा पनि दिएको छ । दुई देशका बाइल्याटरल कन्सल्टिङ ग्रुपमा छलफल भएपछि तय भएअनुसार भारतीय सेनाले मेडिकल सामग्री र इन्डियन हतियारको स्पेयर पार्टस नेपाली सेनालाई हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...