अपाङ्गताभएकाे व्यत्तिहरूले सेवा सुविधा सहज ढंगले पाउँछन् :- मेयर श्रेष्ठ

  • भदौ १९, २०७९
  • ४७२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स /भाद्र १९  सिरहा । सिरहा जिल्लामा दलित विकास मञ्च सिरहाले सवैकालागि समावेशि समुदाय कार्यक्रम गोलबजारमा एक भव्य कार्यक्रम गरि समुद्धघाटन सम्पन्न भएको हो । कार्यक्रममो प्रमुख अतिथिको रुपमारहेको गोलबजार नगरपालिकाको नगरप्रमुख श्याम श्रेष्ठले पानसमा वतिबालेर समुद्धघाटन गरिएको हो । सवैकालगि समावेशिकरण ः हाम्रो अभियान भन्ने मुलनाराका साथ गोलबजारको अतिथी सदनमा दलित विकास मञ्च सिरहाको आयोजना र गोलबजार नगरपािलकाको सहकार्य तथा सि.वि.एम.नेपाल को साझेदारीमा तिनवर्षे कार्यक्रम संचालिन गरिने दलित विकास मञ्च सिरहाको अध्यक्ष रुणा कुमारी महराले बताईन । सवैकालागि समावेशि समुदाय कार्यक्रम सिरहा जिल्लाको दूर्ई वटा स्थानिय तह कल्याणपुर नगरपालिका र गोलबजार नगरपालिमा कार्यक्रम संचालन हुने समेत बताएकी छीन । सवैकालागि समावेशि समुदाय कार्यक्रमको समुद्धघाटन कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेको गोलबजार नगरपालिका मेयर श्याम श्रेष्ठले दलित विकास मञ्चले कार्यक्रम सञ्चालन गरेकोमा खुसि व्यक्त गरेको छ । मेयर श्याम श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरुको लागि हरेक सेवा सुविधा पहँुच पुर्याउने प्रतिवद्धता जाहेर समेत गरेको छ । मेयर श्रेष्ठले समाजमा अति पछाडि रहेको अपाङ्गता भएका व्यक्तिहरुलाई नगरपालिकाको वार्षिक कार्यक्रम र वार्षिक बजेट छुटयाउछु उनले भने । मेयर श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरुको लागि शिक्ष्ााँ, स्वास्थ्य, रोजगार, र जिविकोपार्जन जस्ता कार्यक्रमहरुको लागि बजेट विनियोजन समेत गर्ने बताउँनु भयो । कार्यक्रममा अपाङ्गता भएको समुदायको जिवन स्तर उकास्न हरसम्भव प्रयास गर्ने समेत बताउनुभयो । सवैकालागि समावेशि समुदाय कार्यक्रमको समुद्धघाटन कार्यक्रममा दलित विकास मञ्च सिरहाका सचिव रामचन्द्र महराले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथीको रुपमा रहेको गोलबजार नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत अनन्त पौडेलले नगरपालिकाबाट अपाङ्गताभएको समुदायलेपाउने सेवा सुविधा सम्ँबन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।कार्यक्रममा सि.वि.एम.ग्लोवलका विमल पौडेलको समेत सहभागिता रहेको थियो । कार्यक्रमको उद्धेश्यको बारे दलित विकास मञ्च सिरहाको कार्यक्रम संयोजक जितेन्द्र रायले स्पष्ट पारेको थियो ।कार्यक्रममा गोलबजारको उपमेयर मान्ती देवि साहको समेत सहभागिता रहेको थियो । कार्यक्रम संचालन दलित विकास मञ्च सिरहाका फिल्ड सुपरभाईजर रविन महराले गरेको थियो । कार्यक्रममा दलित विकास मञ्च सिरहाको अध्यक्ष रुणा कुमारी महराले गरेकी थिईन । कार्यक्रममा समावेशि समुदाय कार्यक्रम उद्देश्य अपाङ्गता भएका व्यक्तिहरुको आत्मनिर्भर र गुणस्तरीय जिवन बाँच्ने रहेको समेत बताईन । सवैकालागि समावेशि समुदाय कार्यक्रम सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाको १२ वटा वडाहरु र गोलबजार नगरपालिकाको १३ वटा वडामा संचालन गरिने बताईन । कार्यक्रममा गोलबजार नगरपालिकाको सवैवडा अध्यक्षहरु , शाखा प्रमुखहरु र विभिन्न संचारकर्मीहरु तथा अपाङ्गताभएको व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

बिडि कलेज मिर्चैयामा ...

प्रदेश टाइम्स / सिरहा ।  मिर्चैया स्थित बिडि ( ब्रम्हाचारी दामोदरानन्द )कलेजमा नियम बिपरित मनोम ...

क्यामपस प्रमुखले ब्र ...

 सिरहा । सिरहाको पश्चिमी उत्तर तथा मध्यवर्ती क्षेत्रका उच्च शिक्षाको लागि छटपट्टिएका विपन्न जनत ...

सिरहामा कोदालो प्रह ...

प्रदेश टाइम्स  / ३ जेठ, सिरहा । सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीले छिमेकीलाई कोदालो ...