टिकटकका छाडा प्रस्तुतिकरण र असभ्य उन्मादहरुलाई कानुनको उचित परिधिभित्र ल्याईनु जरुरी देखिन्छ

  • भदौ १५, २०७९
  • २९१ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव / सिरहा ।टिक टकका लागी दोहोरो अभियान एकातिर टिकटक बन्द गराउन युवाहरको एक जमात विभिन्न सरोकारवाला निकायमा ज्ञापन बुझाउदैं अर्कोतिर समाजिक संजालकै माध्यम बाट अश्लील असभ्य अशब्द गाली गर्दै युवा र युवतिहरु । टिकटकलाई उनिहरु दिनचर्या नै सम्झिन्छ । चाहे यसको असर नाकारात्मक किन न हो । टिकटक ब्यान्ड अभियान प्रती खनिदै छाडा रुपमा प्रस्तुत हुदैछन समाजिक संजालमा युवा र युवतिहरु। उनिहरु सिमा भन्दा पनि बढी उतेजक र टिकटक प्रती आफ्नो क्रेज देखाएक छन । उतेजनामुलक तथा बिकृतियुक्त टिकटक हाम्रो समाजको कुनै पाठ्यक्रममा पर्ने होइन । टिकटक हाम्रो समाजमाको कुरुतिकै रुपमा देखिएको छ । संस्कृतिलाई नुक्सान पार्ने यश किसिमको टिकटकलाई सरकारले ब्याबसायिकरणका अधार दिन सकिन्छ त ? होइन यसलाई नेपाल भित्र अबैध नै मान्नुपर्छ । बन्द नै गराउनुपर्छ । टिकटकमा अधिकतम समय बर्बाद गर्छन् हाम्रै गाउँ शरका नानिहरु पनि ।उनिहरु आफ्नो पढाई लेखाईको कुनै प्रबाह नगरी अबिभाककै मोबाइल कतिखेर हातमा आउँछन ,मानसिकता बनाएर बसेको हुन्छन । मोबाइल हातलाग्न बितिकै उनिहरु टिकटकमा समय बर्बाद मात्रै होइन टिकटकमा प्रस्तुत भएका /गरेका असभ्य अश्लीलताहरु पनि अंगाल्छन कतिले । यसलाई संस्कृति माथिको चोट नै बुझ्नुपर्छ । हालसम्म देखिएको सुनिएको र बुझिएको समाजिक प्रभाव र असरहरुबाट यो बुझ्न सकिन्छ । टिकटकले साना साना बालबालिका देखि युवा युवतिहरु समेतको मानसिकतामा नाकारात्मक असर गर्ने गर्छ । स्कुल कलेजका छात्र छात्रा पनि सोभिएको हुन्छन् टिकटकमा तर उनिहरुको भबिस्य सोभिने कुरो पक्कै हुदैन । कोरा कागजका ती छात्र छात्रहरु उतेजक टिकटक बाहेक त्यो टिकटकले उनिहरुकै संस्कृति संस्कारमा पार्न सक्ने नाकारात्मक असर र प्रभावहरु सम्म्को चेतना आइसकेको हुदैन । यी कारण र तत्वहरु उनिहरुको जिवनमा कुनै बेला झटकाको रुपमा आउन सक्छ ।जसलाई आकस्मिक दुर्घटना नै स्वीकार गरिनु पर्छ ।यी समाजले । बाहेक जसले उनिहरु लगायत आउने सन्ततिहरुको लागी दुर्भाग्य नै हुने छ । टिकटक बन्द र खुला आफ्नो स्थानमा छदैछ ।तर भन्ने अश्लील शब्द र छाडा प्रस्तुतीकरणले समाजिक संजाल असभ्य हुँदै छ । यसले समजमा कैयौं बिकृती र बिसंगती ल्याउने भएकोले संबंधित निकायहरुले तत्काल यश किसिमको समाजिक संजालमै प्रस्तुत भएर केटि समेतको छाडा प्रस्तुतिकरण र असभ्य उन्मादहरुलाई मध्य नजर गरि नेपाली नागरिकलाई नियम कानुनको सिमारेखा भन्दा बाहिर जान दिनु हुदैन । उनीहरलाई कानुनको उचित परिधिभित्र ल्याई ,सचेना सहितको कार्यबाही जरुरी देखिन्छ । असभ्य उन्मादहरुलाई कानुनको परिधिभित्र ल्यानु जरुरी ।
 
 
 
 
 
 
 
Ram Rijhan Yadav and 1 other
 

प्रतिक्रिया दिनुहोस

अस्पतालको स्तरोन्नति ...

मनोज बनैता / सिराहा । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहले अस्पताल स्तर ...

बिराटनगरमा होलिमिलन ...

विराटनगर, । प्रेस मञ्च नेपाल मोरंग शाखाले हिन्दुहरुको महानच पर्व होलीको शुभ अवसरमा होली मिलन तथा शुभ ...

स्रोत नखुलेको रुपैया ...

प्रदेश टाइम्स / सिरहा । स्रोत नखुलेको १० लाख रुपैयाँसहित सिरहाको लहान बाट एकजना पक्राउ परेका छन् । प ...