स्वतन्त्र उमेदवारीको घोषणा गर्दै अन्सारी

  • भदौ ९, २०७९
  • ३९५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

विनोद मण्डल लहान ८ भदौ सरकारले घोषणा गरेको मंसिर ४ गते हुन गइरहेको संघीय चुनावमा प्रतिनिधि सभाको लागि सिरहा क्षेत्र नं २ बाट सम्पूर्ण असहाय वर्ग, निमुखा जन्ता, गरीब, किसान, मजदुर को मसिहा डाक्टर परवेज अन्सारीले उमेदवारी स्वतन्त्रबाट दिने घोषणा गर्नुभएको छ । हालसालै गठन भएको धनगढी युवा सञ्जालको महासचिव पदमा रहेर अनुभव बटुलेका अन्सारीले पद धारण गरेको दुई महिना नबित्दै ठाउँ ठाउँमा वृक्षा रोपण लगायत समुदायमा गरिबीको रेखामुनि रहेका केयौ व्यक्तिलाई सहयोग गर्दै आउनु भएको छ । समाजमा असल छवि बनाई सकेका अन्सारीको चुनावी मैदानमा आउने पक्का भएको छ । लागू औषध नियन्त्रण, कृषिमा आधुनिकीकरण, कृषि क्रान्ति, युवालाई रोजगारी, अतिविपन्न गरीब दलितको गास बास कपासको व्यवस्था, ब्लड बैंक, क्लोथ बैंक लगायत जनताको शिक्षा, स्वास्थ्य, खाध्यान र आवासको अधिकार प्राप्ति तथा जन बोलीको कदर गराउने जस्ता महत्वपूर्ण एजेण्डा लिई एउटा शिक्षित युवा राजनैतिकमा होमिएका छन्। जनताको इच्छा आकांक्षा पूरा गर्न हाल सम्मका सबै पार्टी फेल भइसकेको अवस्थामा गरीब झन् गरीब हुँदै गइरहेको धनी अझै धनी भइरहेको छर भ्रष्टाचारले सीमा नाघी नाघ्दै आएको वर्तमान परिवेशमा र यो सबै राजनैतिक दलको कारण भएको छ भनी महशुस गरि अन्सारी हर्क साम्पाङ र बालेन् शाहको भन्दा बढी विकास गरेर देखाउँछु भन्दै राजनीतिमा आएको उनको निजी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...