मिर्चैया बिधुत प्राधिकरणको सक्रियता बिधुत चुहावट हदै सम्म नियन्त्रण

  • कार्तिक ६, २०७६
  • १५५३ पटक पढिएको
  • राम पुकार यादव
alt

कार्तिक ५,बिष्णुपुर । नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र मिर्चैयाले बिधुत चुहावट नियन्त्रण गर्न सक्रियता बढाएको छ । बिधुत चुहावट नियन्त्रण प्रक्रियाको तहत प्राधिकरणले मिटर चोरीबाट ७९ हजार ८ सय ९ रुपैया जरिवाना र हुकिङ्ग गरी चुहावट गरेको बाट ३८ हजार ३ सय ७६ असुलि गर्न सफल भएको मिर्चैया बिधुत प्राधिकरण वितरण केन्द्रको प्रमुख ईन्जिनियर दिग्मबर यादवले जानकारी गराए । प्रमुख ई.यादवले रिसिलिङ्ग ८ सय मिटरमा गरेको र बिधुत चोरी ११ वटा मिटरमा भएको बताए । त्यसतै बिना सुचना लाईन कट्टा ४ सय ३ वटामा गरि साउन देखि अहिले सम्म ३ महिना भित्रै चुहावट नियन्त्रण ब्यबस्थित पार्दै जम्मा ४२ लाख २१ हजार ३ सय ६७ रुपैया असुलि गर्न सफल भएको र नियमित रुपमा विजुलि बिल नतिर्नेहरुको लाइन धमाधम काटिदै गरेको बताए । हाल बिधुत चुहावट हदै सम्म नियन्त्रण भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...