अनियमितताको बोझ किसानलाई साना किसान कृषि सहकारि लिमिटेड बिष्णुपुरमा प्रबन्धक र संचालक समितिले गरे भ्रस्टाचार

  • भदौ ७, २०७९
  • ७७९ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स भदौ ७ /सिरहा । आर्थिक अनियमितताको बोझ किसानालाई थुपारिएको छ । साना किसान कृषि सहकारी संस्था लिमिटेड बिष्णुपुरको कर्मचारी र संचालक समितीहरुले व्यापक भ्रष्टाचार गरेको पाईएको छ । बिष्णुपुर गाउँपालिका स्थित साना किसान सहकारी संस्था लिमिटेडका शेयर धनिहरुले पत्रकार सम्मेलन गर्दै साना किसान कृषि सहकारीमा व्यापक आर्थिक अनियमितता भएको जनाएको छ । शेयर धनिहरुले पत्रकार सम्मेलन गर्दै भने किसानकै हकहितको लागी स्थापित कृषि सहकारी संस्थामा किसानहरु ठगिदै आएका छन । उनिहरुका अनुसार बिउबिजन पाउने बेलामा बिउबिजनको अभाव ,अनुदानमा पाउने मलखाद पाउने बेलामा अनुदान त के ? बजार दर भन्दा पनि सार्है महंगो दरमा पाउने भएपछि हामी किसान यहाँको कर्मचारी र संचालक समितिको कर्जा उठाई खुवाने आम्दानीको श्रोत नै भएको महसुस गरिरहेका छौँ । उनी किसानहरूले भने, अनियमितता गर्ने कर्मचारी सहित संचालक समिति तर आर्थिक अनियमितताको बोझ हामिलाई बोकाउने गैरजिम्मेवार भ्रस्टाचारिहरु किसानको शत्रु मात्रै होइन किसान मैत्री संस्थाको पनि शत्रु हो भन्दै सरोकारवाला निकायहरु संग कार्यबाहिको लागि माँग गरेका छन । किसान शेयर धनिहरुले भने बिगत देखी नै हामी किसानहरूले पाउने उचित सुबिधा,अनुदान र राहतहरु बाट बंचित भएका छौँ । सानै शेयर पुँजी बाट संचालन गरिएको साना किसान कृषि सहकारी संस्था यतिखेर करौडौं करोडमा पुगेका छन तर भने बिगत केही दिन देखी संस्थाको प्रबन्धक र संचालक समितिले विभिन्न बहाना गरि विभिन्न शिर्षक र योजनाहरुको नाममा आर्थिक हिनामिना गरेका छन । उनिहरुले भने २२ सय पचास पर्ने खाद महंगो दरमा आएको छ भन्दै ३१ सय पचासको दरमा किसानहरूलाई दिएका छन । जसमा एक लाख छ्यासठी हजार रुपैयाँ अनियमितता गरेको जनाएका छन । उनी किसान शेयर धनिहरुले भने यति मात्र कहाँ हो र ! सँस्थाकै लगानीमा राइसमिल संचालनको लागि १० कठा जग्गा खरिदको लागि १ करोड बिनियोजन गर्दै टेन्डर गरेका थिए । के थियो त राज टेन्डरमा ? तत्कालीन संचलक समिति र हाल कार्यरत प्रबन्धक सहित समितिका सदस्यहरुले कुनै किसान शेयर धनिहरुले जग्गा खरिद सम्बन्धी टेन्डर प्रक्रियाको बारेमा थाहा नपाउन मानसिकताले काठमाडौ को देखी प्रकाशन हुने जनसबाल पत्रीकामा सूचना गरे ।जसका कारण स्थानीयहरु जग्गा खरिदको लागी टेन्डर भएको थाहै पाएन । जुन कर्मचारी र संचालक समितिको आन्तरिक कुरो नमिलेर पछि असफल भयो। असफल भएपछि तत्कालीन अध्यक्ष सहित संचालक समिती र प्रबन्धकले मोटो रकम कुम्ल्याउन जग्गा खरिद समिति निर्माण गर्न निर्णय गरे । सोही निर्णय बमोजिम एक समिति निर्माण गरियो । जसको संयोजक हाल बिष्णुपुर गाउँ पालिका वडा नम्बरको अध्यक्ष भोगेन्द्र प्रसाद यादवलाई चयन गरियो । सयोंजक भोगेन्द्र यादव सहित सद्स्य्हरु अशेश्वर ठाकुर ,पशुपति यादव ,मिना कर्ण र सदस्य सचीव प्रबन्धक उपेन्द्र यादव रहने गरि ५ सदस्य जग्गा खरिद समिति चयन गरियो। त्यस पश्चात् समितिमा भएको सदस्यहरुलाई पनि छलिदै अध्यक्ष सरोज यादव, प्रबन्धक उपेन्द्र यादव र जग्गा खरिद समितिको संयोजक हाल बिष्णुपुर गाउँपालिका वडा नम्बर १ को अध्यक्ष भोगेन्द्र प्रसाद यादव सहितको मिलोमतोमा १ करोड भित्रै खरिद हुने जग्गा १ करोड सतासी लाख पन्ध्र हजार तीन सय अठार रुपैया जग्गा खरिदमा खर्च भएको सुन साथ किसान शेयर धनिहरुले अक्क न बक्क भयो । किसान शेयर धनिहरुले जग्गा खरिदमा व्यापक भ्रस्टाचार भएको आरोप लगाउँदै आन्दोलित भए । उनिहरुले व्यापक अनियमितता भएपछि सधारण सभामा पास हुन नदिने सोच गरे । भ्रष्टाचार कुम्ल्याउनलाई अध्यक्ष ,संयोजक र प्रबन्धक सहित बाइपास बाटो अपनाए । र जग्गा खरिदमा भ्रस्टाचार गरेको आरोप शेयर धनिहरुको रहेको छ । यस्तै बिउबिजन मलखाद देखी बोर्डिङ जडानहरुमा पनि अनियमितता भएको शेयर धनी दिपेन्द्र यादव ,शिबशंकर यादव ,ओपिन्द्र यादव बिन्देशर यादव ,राम नारायण ठाकुर,हंसराज कामती लगायतले बताउँछन् । मलखाद खरिदको लागि संचालक सदस्य रामेश्वर महतोलाई संयोजक बनाई भ्रस्टाचार गरेको बताउँछन् ।शेयरमा रहेको किसान धनिहरु । मलखाद खरिद संयोजक रामेश्वर महतोले भने मलाई रकमा हिनामिना गरेको भन्दै प्रबन्धक ले कार्यबाही प्रक्रिया म माथी थालेका छन ।तर म संयोजक बनाएर मल खरिदको सम्पुर्ण कार्य खरिद देखि लिएर बिक्रि बितरण सम्म प्रबन्धक आफैले गरि भ्रष्टाचार कार्यमा मुछेको आरोप लगाए । संयोजक महतोको अनुसार मलाइ मुर्ति बनाएर दक्षिणा असुल्ने कार्य गर्यो प्रबन्धक उपेन्द्र यादवले । त्यसैले कार्यबाहिको भागिदार म होइन प्रबन्धक हो भन्दै पत्रकारहरु सँग पिडा पोखे ।उता प्रबन्धक उपेन्द्र यादवले भने पेश्की र चेक रामेश्वर महतोको नाममा भएको छ । मैले अनियमितता गरेको होइन रामेश्वरले गरेको हो भन्दै उलाई कार्यबाही पनि गरेको सफाइ दिएका छन । प्रबन्धक यादवले यसमा आफ्नो संलग्नता नरहेको सफाइ दिरहदा १ लाख छ्यासठी हजार रुपैया सिरहाको पडोरिया स्थित एक कृषी फर्मका संचालक राम चन्द्र यादव सँग ल्याई बैंकमा बुझाएको प्रमाण सहित छ ।मल खाद्य खरिद संयोजक रामेश्वर महतोको दाबी रहेको छ। किसान शेयर धनिहरुले यी लाखौं रुपैया अनियमितताको रकम हो दाबी गर्दै प्रबन्धकलाई ज्ञापन पत्र बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...