समाजवादी प्रेस संगठनको प्रथम मधेस प्रदेश अधिबेशन सम्पन्न

  • साउन २९, २०७९
  • ५५३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/सिरहा । देश काल खण्डमा जटिल चुनौतीको सामना गर्दै जनताको भावना ,मर्म र देश बिकासको निमित्त स्थापित नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालको प्रथम २८ र २९ गते दुई दिने अधिबेशन सम्पन्न भएको छ । समाजिक रुपान्तरण ,समतामूलक बिकास र जन अपेक्षित दिगो देश बिकासको आवश्यकतालाई मध्य नजर गर्दै आज जनकपुरको ग्यात्री कुंज हलमा आयोजित समाजवादी प्रेस संगठन नेपालको प्रथम मधेस प्रदेश अधिबेशन सभ्य र भब्य तरिकाले सम्पन्न भएको हो । अधिबेशनले प्रबिण साहको अध्यक्षतामा १३ सदस्यीय समिति सर्वसम्मतिले चयन गरेको छ । समितीहरुमा १. अध्यक्ष -प्रबिन साह २. उपाध्यक्ष - प्रबिण शर्मा ३.म उपाध्यक्ष -प्रकृति अधिकारी ४.सचीव -रमेश सुवेदी ५.सह-सचीव -प्रमोद चालिसे ६. कोषाध्यक्ष -राम पुकार यादव सदस्यहरु ::सलिता सदा,नवीन साह,अजित कर्ण,नरेश गुप्ता र बिनोद पटेल लगायतका सद्स्यहरु गरि १३ सदस्यीय समिती चयन गरेको छ । एकीकृत समाजवादी पार्टीको मधेस प्रदेश इन्चार्ज धर्मनाथ साहको प्रमुख आतिथ्यमा सम्पन्न अधिबेशन कार्यक्रममा, नेपाल पत्रकार महासंघको कार्यबाहक महासचिव गोबिन्द चौंलागाई,पार्टी उपमहासचिव जगन्नाथ खतिबडा, पार्टी सचीव नगेन्द्र चौधरी ,  पार्टी केन्द्रिय सदस्य तथा मधेस प्रदेश इन्चार्ज  सुभाष साह, केन्द्रिय सदस्य तथा मधेस प्रदेश सह इन्चार्ज राघब साह,पार्टी केन्द्रिय सदस्य चमिना भट्टराई ,मधेस प्रदेश अध्यक्ष राम चन्द्र यादव,समाजवादी प्रेस संगठनका केन्द्रिय अध्यक्ष शम्भु श्रेष्ठ ,सप्रेस,नेपालका महासचिव भुपराज खडका केन्द्रिय सदस्य प्रेम चन्द्र झा,  मेडिया काउन्सिल मधेस प्रदेशको शिबहरी भट्टराई ,क्रान्तिकारी पत्रकार संघको किरण कर्ण लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता बृजलाल पासमानले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...

२३ भदौमा सरकारलाई ...

काठमाडौं, ३० साउन । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक रहेक ...