कपिलवस्तुमा छाडा चौपायाको समस्या समाधान गर्न भयो विभिन्न निर्णय

  • साउन २६, २०७९
  • ४०७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 कपिलवस्तु, साउन २६ कपिलवस्तु जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको नेतृत्वमा पालिका प्रमुख हरूको बसेको बैठकले कपिलवस्तु मा रहेका छाडा चौपायाको समस्या समाधान गर्न विभिन्न निर्णय हरू गरेको छ l कपिलवस्तु जिल्लाको विद्यमान छाडा चौपायाको समस्या समाधान गर्न बुद्धभुमी नगरपालिका वडा नं ९ गब्दहवामा १०० हेक्टर क्षेत्रफल जग्गालाई छाडा चौपाया प्रयोजनार्थ सम्बंधित डिभिजन वन कार्यालय संग समन्वय गरी तारबार लगाई संरक्षण गर्ने, प्रस्तावित जग्गा प्रचलित कानून बमोजिम लिज/ भोगाधिकार प्राप्ति का लागि सम्बंधित केन्द्रीय तहमा आवश्यक प्रकृया पूरा गरि सिफारिश गर्ने, प्रस्तावित छाडा चौपायाको व्यवस्थापन गर्न जिल्लाका सम्पूर्ण स्थानीय तहहरू ले रकम व्यवस्थापन गरी बुद्धभुमी नगरपालिका संग सहकार्य गर्ने जस्ता निर्णय गरिएको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले बताउदै अब छाडा चौपायाको व्यवस्थापन छिट्टै हुने विश्वास समेत व्यक्त गरे l

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...