लागू औषधसहित मानिस नियन्त्रणमा

  • साउन २२, २०७९
  • ४९६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

विनोद मण्डल साउन 22 । सिराहाको लहानबाट लागु औषध सहित मानिस नियन्त्रणमा लिईएको छ । आईतवार करिब दिँउसो करिव 4.30 बजेको समयमा जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय लहानबाट प्रहरी नायव उपरिक्षक कुमार प्रसाद मैनालीको नेतृत्वमा खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला लहान नगरपालिका वडा नं. ०३ अस्पताल चोक स्थित सगरमाथा होटेलबाट लागु औषध सहित मानिस नियन्त्रणमा लिईएको हो । होटलको कोठामा लहान नगरपालिका वडा नं.०१ बस्ने बर्ष ३० को दिलिप साह र ऐ. ऐ. ०७ बस्ने बर्ष २८ को गोपाल दासले लागू औषध सम्बन्धी शंकास्पद कारोवार गरिरहेकाे बिशेष सुचनाको आधारमा खानतलाशी गर्दा निम्नानुसारको लागू औषध, मोबाईल र मोटरसाईकल सहित रितपुर्वक बरामद गरि निजहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको सिराहा प्रहरीले जनाएको छ । पक्राऊ परेका व्यक्तिहरूबाट तपशिलका लागु औषध बरामद गरिएको छ । १. फेनरागन- ९९१ एम्पुल २. डाईजिपाम- ९९१ एम्पुल ३. ब्युप्रिनोर्फिन- ९९१ एम्पुल ४. स.६ प. ६३३ नं. को मोटरसाईकल थान- १ ५.मोबाईल थान-२ (नोकिया सादा सेट थान-१, ओपो कम्पनीको मोबाईल सेट थान-१)

प्रतिक्रिया दिनुहोस

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...

२३ भदौमा सरकारलाई ...

काठमाडौं, ३० साउन । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक रहेक ...