शान्तिपुर्ण आन्दोलनको नाममा गोलबजारमा माओवादी कार्यकर्ताको बितन्डा

  • साउन ५, २०७९
  • २५१२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 सुरेश राय- ५ साउन सिरहा । नेपालकै धेरै स्थानीय तहहरुमा स्थानीय चुनाव २०७९ पश्चात् सेवा करारमा रहेको कर्मचारीहरुको म्याद थप नगरिने भएपछि गोलबजार स्थित नेकपा माओवादीका नेता कार्यकर्ताहरुले शान्तिपुर्ण आन्दोलनको नाममा बितन्डा मचाएका छन । शान्तिपुर्ण आन्दोलन घोषणा गर्दै उनी माओवादी कार्यकर्ताहरुले सिटि बजाउँदै ढुङ्गामुढा सहित कुर्सी तोडफोड गरेका छन। उग्रशैलिमा आन्दोलनरत करारका कर्मचारीहरु सहित माओवादी कार्यकर्ताहरुले एक सेवाग्राहीको टाउका समेत फुटाएका छन । माओवादी कार्यकर्ताहरुले गरेको ढुङ्गा प्रहार बाट गोलबजार ना.पा-४ हाइस्कुल छेउमा घर भएका स्थानीय रामजतन साफिको छोरा बर्ष ३६ का जितेन्द्र साफी रहेको स्थानीय बद्री यादवले जनाएको हुन । नेकपा माओवादी केन्द्र निकट गोलबजार नगरकमिटिले करार कर्मचारी नहटाउन बिरोध स्वरुप राखिएको पाँच दिने शान्तिपुर्ण आन्दोलनको पहिलो दिन नै आन्दोलनको स्वरुप फेरिदै ढुङ्गामुढा प्रहार गरि एक सेवाग्राहीलाई घाएते बानाई कसैको ज्यान सँग खेल्नु उचित नरहेको स्थानीयहरु प्रदेश टाइम्स दैनिक सँग बिचार राखे । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द) ले हिजो बुधबार पत्रकार सम्मेलन गर्दै सेवा करारमा खटेको कर्मचारीको म्याद थपको सम्बन्धमा शान्तिपुर्ण आन्दोलन गर्ने भनिएको थियो। तर ठिक बिपरित शैलीमा आन्दोलन हुँदा स्थानीयहरु आक्रोशित भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...