मधेस प्रदेशको स्वास्थय जोखिममा :स्वास्थ्य निर्देशक झा

  • श्रावण २, २०७९
  • ६७६ पटक पढिएको
  • राम पुकार यादव
alt

 प्रदेश टाइम्स /सिरहा । नेपालको विभिन्न प्रदेशहरु मध्य मधेस प्रदेश स्वास्थयको क्षेत्रमा जोखिममा रहेको छ । जिल्ला खोप समन्वय समिती तथा स्वास्थ कार्यालय सिरहा द्वारा आयोजित सिरहा जिल्ला पुर्ण खोप शुनिश्चतता तथा दिगोपन घोषणा सभा पश्चात् स्वास्थय कार्यालय सिरहाको हलमा राखिएको पत्रकारहरु सँगको अन्तरक्रीया कार्यक्रममा बोल्दै मधेस प्रदेश स्वास्थ्य निर्देशक बिजय कुमार झाले हाम्रो मधेस प्रदेशको स्वास्थय अबस्था जोखिममा रहेको बताएका हुन । निर्देशक झाले , थोरै क्षेत्रफलमा धेरै जनघन्त्व रहेको मधेस प्रदेशमा करिब एकसठि लाख जनसंख्या बसोबास गरिरहेका बिचार राख्दै भने जम्मा जगाको ६ प्रतिशत मधेस प्रदेशमा छन जहाँ एक स्क्वायर प्रति किलोमीटरमा ६ सय छ्तिस जना बसोबास गरिरहँदा त्य्स अधार अथवा जनसंख्या अधारमा नै औषधि उपचारको सामाग्री र बिरामी जांच्ने स्पेशल साधन सामाग्रीको ब्यबस्थापन गरि नसक्नु स्वास्थ्य क्षेत्रमा गम्भीर जोखिम रहेको बताए ।निर्देशक झाले , मधेस प्रदेशको ठुलै जनघन्त्व तथा खुला सिमा नाका सहित प्रतिकुल मौसम र बाढी पहिरोको कारण विभिन्न किसिमको सर्ने र नसर्ने रोगहरु सजिलै निम्तिदै गरेको प्रती चिन्ता व्यक्त गर्दै स्वास्थ्य क्षेत्रमा देखिएको चुनौती र जटिलता उछिन्न मधेस प्रदेश लगायत केन्द्रिय सरकारको पनि जबाफदेहिता उत्तरदायित्व पनि उतिकै हुनु पर्ने धारणा व्यक्त गरे ।उहाँले मधेस प्रदेशले स्वास्थ क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर जनतालाई सेवा उपचारको लागि नियाली रहँदा पनि केन्द्रिय सरकारको यस क्षेत्रमा लगानी फितलो रहेको भन्दै मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा हेर्ने दृस्ठिकोण साकारात्मक नरहेको बताए । स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्ण देब यादवको अध्यक्षतामा राखिएको पुर्णखोप सम्बन्धि पत्रकारहरु सँगको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य क्षेत्र ,रोग र रोगहरु सँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउन पोषण सम्बन्धि जानकारी समेत गराए । निर्देशक झाले कुपोषणका कारण बच्चा र महिलाको ज्यान जोखिममा रहि सुरक्षीत मातृत्वमा कमि रहेको जनाए । कार्यक्रममा बरिस्ठ पत्रकार देब कुमार यादव सहित जिल्लाका बिसौ जना पत्रकारहरुको उपस्थित रहेको थियो। (: कार्यक्रम पश्चात् प्रदेश टाइम्सले मधेस प्रदेशको स्वास्थ्य निर्देशक बिजय कुमार झा सँग लिएको सानो एक अन्तरवार्ता र खोप सम्बन्धि आयोजित पत्रकारहरु सँगको अन्तरक्रिया बाट समाचार बनाईएको छ )

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...