बिष्णुपुर गाउँपालिकाको अनुमानि बजेट ३६ करोड ७३ लाख ३५ हजार

  • असार ११, २०७९
  • १०२५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स १० असार सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ३६ करोड ७३ लाख ३५ हजारको अनुमानित बजेट ल्याएको छ।  शुक्रबार समयमै सप्पन्न भएको बिष्णुपुर गाउँपालिकाको आठौं गाउँसभामा आगामी आर्थिक वर्ष २०७९।०८० का लागि अनुमानित बजेट सार्वजनिक गरिएको हो।  गाउँपालिका अध्यक्ष सत्यनारायण यादव द्वारा प्रस्तुत गरेको सो नीति कार्यक्रम बजेट अन्तर्गत पुर्बाधार,संरचना बिकास तथा सुचना संचार,जनसंख्या तथा समाजिक बिकास ,महिला बालबालिका तथा अन्य लक्षित वर्ग,वातावरण संरक्षण तथा खानेपानी सरसफाई,शिक्षा युवा तथा खेलकुद ,स्वास्थ ,कृषि बिकास तथा सहकारी ,राजश्व लगायत न्यायीक समिति तथा सामुदायिक मेलमिलाप सेवा निति जस्ता बिकासको नितिहरुलाई अवलम्बन गर्दै चालू अबस्थामा रहेको निति कार्यक्रम र कार्यन्वन गर्न बाँकी रहेका निति तथा कार्यक्रमहरुलाई आर्थिक वर्ष २०७९/०८० को बजेटमा प्राथमिकताका साथ निरन्तरता दिईने बताइएको छ। यश किसिमको नीति तथा कार्यक्रमहरुले पालिकाको आम क्षेत्रहरूमा फड्को मार्ने स्थानीयहरुको बुझाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...