परिवार नियोजन , सुरक्षित मातृत्व तथा नवजात शिशु सम्बन्धि पत्रकार अन्तरक्रिया कार्यक्रम

  • असार १०, २०७९
  • ४२५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स /सिरहा । परिवार नियोजन , सुरक्षित मातृत्व तथा नवजात शिशु सम्बन्धि एक दिने पत्रकार अन्तरक्रिया कार्यक्रम सिरहामा भएको  छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहा र बुद्ध हेल्थ प्रोमोशन एण्ड एजुकेशन राजविराज सप्तरीको आयोजनामा कार्यक्रम संचालन भएको हो । कार्यक्रम सिरहाको रमझम होटेलमा भएको हो । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादव , राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा संचार केन्द्र काठमाडौका स्वास्थ्य शिक्षा अधिकृत ईन्द्र बहादुर बानियाँ , बुद्ध हेल्थ प्रोमोशन एण्ड एजुकेशनका बरिस्ठ फ्यासिलेटर लक्ष्मी नारायण देव , चिकित्सक तेज कुमारी श्रेष्ठ लगायतले विषयगत जानकारी गराएका हुन। कार्यक्रममा पत्रकार महासंघ सिरहाको कोषाध्यक्ष बिरेन्द्र प्रसाद गुप्ताले पनि आफना बिचार राखेका थिए । उक्त विषयमा संचारकर्मी हरुले संचार माध्यम मार्फत समुदायमा जनचेतना अभिबृद्वि गर्ने उदेश्यले कार्यक्रम राखिएको आयोजकले जनाए ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...