बैदेशिक रोजगारीमा गएका शाह दुबईमा अलपत्र

  • असार ९, २०७९
  • ९१८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

विनोद मण्डल आषाढ ९ । बैदेशिक रोजगारीमा दुबई पुगेका एक नेपाली अलपत्र परेका छन् । सिरहाको धनगढीमाई ३ कुर्वा हनुमाननगर घर भई हाल बैदेशिक रोजगार अन्तर्गत bait all jound order delivery company मा बाईक राइडरको काममा गएका विसुन देव शाह करिब ६ महिनादेखि काम नपाएर विदेशमा कोठामा कोचिएर बस्न विवश भएको बुझिएको छ । करीब चार लाख साठी हजार रकम तिरेर विदेश गएका शाहको घर रिनले डुब्ने अवस्था एकातिर रहेको छ भने अर्कोतिर उनी उद्दारको प्रतिक्षामा बसीरहेका छन् । उनलाई विनोद कुमार दास नामको एजेन्टले करिब ६ महिना अगाडि दुबई पठाएका थिए । एजेन्टलाई पीडितका घर परिवारले पटक पटक उद्दारको लागि पहल गरेता पनि असफल भएको अवस्था रहेको छ । एजेन्टको नंबर 9862844915 रहेको छ भने 0565814522 पीडितको नंबर रहेको मिथिलेश कुमार महतोले जानकारी दिएका छन् । नेपाल स्थित बैदेशिक रोजगार बोर्डको सचिवालय बबरमहल काठमाण्डौको नमबर 014220311 ,014220433 रहेको छ।

प्रतिक्रिया दिनुहोस

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...

दिउँसै हतियार देखाएर ...

प्रदेश टाइम्स / सिरहा। सिरहामा दिउँसै हतियार देखाएर मनि ट्रान्सफरको रकम लुटेको छ । सिरहाको विष्णुपुर ...