मानवअधिकार वर्ष पुस्तकको अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न

  • असार ९, २०७९
  • ३५६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स समाचारदाता / विनोद मण्डल आषाढ ९ । सिराहाको लाहानमा नेपाल मानअधिकार वर्ष पुस्तक २०२३ को अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । मानवअधिकार संरक्षण केन्द्र सिरहाका देवराज पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा ईलाका प्रहरी कार्यालय लहानका डिएस्पी कुमार प्रसाद मैनाली लहानका उपमेयर राम चलितर महतो लगायत जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो । २०२२ को जनवरीदेखि असार ७ सम्म जिल्लाका विभिन्न ठाउँहरुबाट संकलित करिब ४२ ओटा घटनाहरूको समिक्षा गरिएको कार्यक्रममा जिल्लाका इन्सेक प्रतिनिधि दुर्गा परियारले प्रस्तुत गर्नुभए अनुसार जिल्लामा आफनै परिवारबाट २ जनाको हत्या , अन्य पक्षबाट ६ हत्या , राज्य पक्षबाट दुर्यव्यवहार १ , बालिका बलात्कृत घटना ६ , बालिका बलात्कृत प्रयास ३ , महिला बल्तकार ८ , आगजनी १ , तोडफोड १ , आत्महत्या १ , बहुबिबाह १२ गरी जिल्लामा करिब ६ महिनामामा करिब ४२ मानब अधिकार उलङ्घनका घटनाहरू भएको समीक्षा कार्यक्रम मार्फत जानकारी गराइएको थियो । कार्यक्रममा अधिकांश वक्ताहरुले विगत ६ महिनामा बालबालिका तथा महिलाहरु हिंसामा परेको बताउँदै यसको लागि जिल्लाका संघ संस्था तथा सञ्चारकर्मीहरुको सहयोग अावायक भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

अस्पतालको स्तरोन्नति ...

मनोज बनैता / सिराहा । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहले अस्पताल स्तर ...

बिराटनगरमा होलिमिलन ...

विराटनगर, । प्रेस मञ्च नेपाल मोरंग शाखाले हिन्दुहरुको महानच पर्व होलीको शुभ अवसरमा होली मिलन तथा शुभ ...

स्रोत नखुलेको रुपैया ...

प्रदेश टाइम्स / सिरहा । स्रोत नखुलेको १० लाख रुपैयाँसहित सिरहाको लहान बाट एकजना पक्राउ परेका छन् । प ...