कमला नहर सिँचाइ योजना निर्माण कार्य ढिलासुस्तीले किसान सास्तीमा

  • असार ३, २०७९
  • ७०६ पटक पढिएको
  • राम पुकार यादव
alt

 राम पुकार यादव /सिरहा। लामो समयदेखि लथालिङग भएको कमला नहर सिँचाइ योजना निर्माणकार्य अझै गति लिन सकेको छैन । कमला सिँचाइ कार्यालय पोर्ताहाको ढिलासुस्तीले सिरहाको करिब ४० गाउँ बस्ती र धनुषाको करिब ३६ गाउँ बस्तिका किसानहरू नहर ब्यबस्थापन र सिंचाइ अभावको कारण सास्ती खेपिदै आएको किसानहरू बताउँछन् । २०१७ सालमा नै तत्कालीन सिँचाइ मन्त्री गणेशमान सिँहले शिलान्यास गर्नुभएको कमला नहर अझै ब्यबस्थित नभएपछि किसानहरू उपेक्षित भएको बुझिएको छ। नहर व्यवस्थापन र निर्माण कार्य पूराको लागी बजेट छुट्याउने तर त्यस बजेटलाई उचित समयमा ब्यबस्थापन गर्न नसकिएको कारण कमला नहर जस्ताको त्यस्तै अबस्थामा रहेको स्थानीय बासिन्दाको भनाइ छ । किसानहरुका अनुसार नहर ब्यबस्थापन तथा सिंचाइ निर्माण कार्यको लागी राखिने बजेट पनि बर्षको अन्तिम समय बर्षातको समयमा झारपात साफ गरेर सकाउने मात्रै होइन यसको चरम दुरुपयोग गरेको कारण कृषियोग्य जमिन पनि बाँझो रहने र मानिसको लागि यातायात पनि असहज बन्दै गरेपछि किसान थप पिडाको सिकार हुँदै गएको आम धारणा रहेको छ। कमला नदीको व्यवस्थापन नहँुदा बर्सेनि आउने बाढीले सिरहा, धनुषा र सीमावर्ती क्षेत्र भारतको बिहारमा डुबान हुनुका साथै धनमालको ठूलो क्षति हुने गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...