१५ औं गणतन्त्र दिवसको दिन नगर प्रमुख डा.यादवले गराए वडा अध्यक्षलाई पदभार ग्रहण

  • जेठ १५, २०७९
  • ७७१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 शशी कुमार मण्डल/ज्येष्ठ १५,सिरहा । सिरहा नगरपालिका वडा नं.१४ मा नव निर्वाचित वडा अध्यक्ष उपेन्द्र मण्डल सहित सम्पुर्ण वडा समितिहरुले एक कार्यकमको आयोजना गरि पदभार ग्रहण गरेको छ । सिरहा नगरपालिकाको नव निर्वाचित नगर प्रमुख (मेयर) डा.नबीन कुमार यादबको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वडा अध्यक्ष उपेन्द्र मण्डल सहित वडा सदस्यहरु जमुना देवी पासवान, डोमा शाह, हरी यादव, सीमा देवी मण्डलले पदभार ग्रहण गरिएको हो। कार्यक्रमको प्रमुख आतिथि नगर प्रमुख डा नवीन कुमार यादव लगायत वडा अध्यक्ष सदस्यहरुले आफ्ना बिचार राखेका थिए।प्रमुख अतिथि डा.यादवले जनताको उचित भाबनालाई मध्य नजर गर्दै जनताको आवश्यक कार्यहरूलाई प्राथमिकतामा राखी बिकासका कार्यहरू अगाडी बढाउने बताउनुभयो । आज १५ औं गणतन्त्र दिवस को समय रेखालाई मध्य नजर गर्दै राखिएको पदभार ग्रहन कार्यक्रममा जनप्रीय नगर प्रमुख डा.यादवले अबको दिनमा जनताले वास्तविक गणतन्त्रको प्रत्याभूति गर्नेछन् भन्दै समाज बिकासको साकारात्मक दिशामा हुनेछन् बताउनुभयो ।कार्यक्रम मा अन्य स्थानीय जनप्रतिनिधि तथा बक्ताहरुले बिगतका दिनहरूमा जनताले वडा अध्यक्ष देवरञ्जन गोइतको तानाशाह शैली र एकलौटी निर्णयहरुबाट परेशान थियो अब त्यस्ता शैली र निर्णयहरु सहितको ब्यक्तिवादी प्रवृत्तिको अन्त भएको अभास र भरोसा को दिप बलि सकेको बताए । कार्यक्रममा वडा अध्यक्ष मन्डलले जनताको सामुहिक बिचारलाई सदैब कदर हुने प्रतिबद्धता जाहेर गरे।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...