बिष्णुपुर गाउँपालिकाबासिले बिगतको जस्तो पिडा झेल्नु नपर्ने: अध्यक्ष सत्यनारायण यादव

  • जेठ १३, २०७९
  • ९०० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/ज्येष्ठ १२, सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिका अध्यक्ष सत्यनारायण यादवले आज जनप्रीय प्रतिबद्धताहरु गरेका हुन।गाउँपालिका कार्यालय प्रवेश गर्दै अध्यक्ष यादवले बिष्णुपुर गाउँपालिका बासिहरुले बिगतको जस्तो पीडा अब झेल्नु नपर्ने बताएका हुन। गाउँपालिका अध्यक्ष यादवले, बिष्णुपुर स्थित विभिन्न जात जाति , असहाय,बिपन्न, किसान ,संघ संस्था ,शिक्षा स्वास्थ, यातायात , लगायत जनताको आवश्यकता अनुरुपको बिकासको कार्यहरूलाई प्राथमिकताको साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।उहाँले सरसफाइको निम्ति सरसफाइ उपकरणको ब्यबस्थापन गर्दै बिष्णुपुर गाउँटोललाई सफा स्वक्ष सहरको रुपमा निर्माण गर्ने धारणा व्यक्त गर्नुभयो ।अध्यक्ष यादवले सबै सँगको सहकार्य ,सहमति र सहस्तित्वको भाबनालाई कदर गर्दै अगाडि बढ्ने समेत जनाउनुभयो। त्यस्तै गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत दिप कुमार यादवले प्रशासनिक भुमिकामा समन्वय गर्दै तादरुकताको साथ अगाडि बढ्ने जनाउनुभयो।कार्यक्रममा बिष्णुपुर पालिका स्थित विभिन्न सरोकारबलाहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...