बिष्णुपुर गाउँपालिकाबासिले बिगतको जस्तो पिडा झेल्नु नपर्ने: अध्यक्ष सत्यनारायण यादव

  • जेठ १३, २०७९
  • ११०८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/ज्येष्ठ १२, सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिका अध्यक्ष सत्यनारायण यादवले आज जनप्रीय प्रतिबद्धताहरु गरेका हुन।गाउँपालिका कार्यालय प्रवेश गर्दै अध्यक्ष यादवले बिष्णुपुर गाउँपालिका बासिहरुले बिगतको जस्तो पीडा अब झेल्नु नपर्ने बताएका हुन। गाउँपालिका अध्यक्ष यादवले, बिष्णुपुर स्थित विभिन्न जात जाति , असहाय,बिपन्न, किसान ,संघ संस्था ,शिक्षा स्वास्थ, यातायात , लगायत जनताको आवश्यकता अनुरुपको बिकासको कार्यहरूलाई प्राथमिकताको साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।उहाँले सरसफाइको निम्ति सरसफाइ उपकरणको ब्यबस्थापन गर्दै बिष्णुपुर गाउँटोललाई सफा स्वक्ष सहरको रुपमा निर्माण गर्ने धारणा व्यक्त गर्नुभयो ।अध्यक्ष यादवले सबै सँगको सहकार्य ,सहमति र सहस्तित्वको भाबनालाई कदर गर्दै अगाडि बढ्ने समेत जनाउनुभयो। त्यस्तै गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत दिप कुमार यादवले प्रशासनिक भुमिकामा समन्वय गर्दै तादरुकताको साथ अगाडि बढ्ने जनाउनुभयो।कार्यक्रममा बिष्णुपुर पालिका स्थित विभिन्न सरोकारबलाहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...