बरियारपटी गाउँपालिका अध्यक्षमा जसपाको सन्तोष महतो बिजय

  • जेठ ८, २०७९
  • ४०२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी नेपालवाट सन्तोष कुमार महतो पुनः निर्वाचित भएका छन् । उनी ३ सय १० मत अन्तरले विजयी भएका छन् । निर्वाचन कार्यालय बरियारपट्टीले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार अध्यक्षमा महतोले ३ हजार ८४४ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उपेन्द्र प्रसाद यादवले ३ हजार ५३४ मत पाएका छन् । माओवादी केन्द्र अजय कुमार यादवले २ हजार ४७३ मत पाएका छन् । उपाध्यक्षमा कांग्रेसबाट ममता कुमारी यादव ५१२ मत अन्तरले निर्वाचित भएकी छिन् । उनले ३ हजार ९९७ मत पाएका छन् भने निकटतम प्रतिद्वन्दी सिया कुमारी यादवले ३ हजार ४८५ मत पाएकी छिन् । माओवादी केन्द्रका सुनैना कुमारी यादवले २ हजार ३२४ मत पाएकी छिन् । बरियारपट्टी गाउँपालिका वडा नम्बर १, २, ४, ५ मा कांग्रेस र वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रवाट वडा अध्यक्ष विजयी भएका छन् । २०७४ को चुनावमा जसपाले अध्यक्ष र उपाध्यक्ष जितेको थियो ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...