सिरहाको लक्ष्मीपुरपतरिमा अध्यक्षमा ठाकुर र उपाध्यक्षमा यादवको बिजय

  • जेठ ६, २०७९
  • ६१० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा, ६ जेष्ठ। सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका नेपाली कांग्रेस बहुमतसहित विजयी भएका छन्। अध्यक्षमा चतुरानन्द ठाकुर र उपाध्यक्षमा अमरकला यादव निर्वाचित भएका हुन्। ठाकुरले ३ हजार ८ सय ४५ मत र यादवले ३ हजा ८ सय ४८ मत ल्याएका छन्। अध्यक्षमा निर्वाचित भएका ठाकुर ०७४ को निर्वाचनमा पराजित भएका थिए। अध्यक्षमा निकटतम नेकपा एमालेका देवनारायण साहले ३ हजार ५ सय८५ मत र जसपाका केदारनाथ यादव २ हजार ९ सय ५८ मत प्राप्त गरेका छन्। यसैगरी ,उपाध्यक्षमा निकटतम प्रतिद्वन्द्वी जसपाकी रन्जुकुमारी यादवले ३ हजार २ सय ३२, एमालेकी गितादेवी चौधरी ३हजार र एकिकृत समाजवादीकी श्यामकुमारीले १ हजार ४ सय ९० मत ल्याएको छ । यहाँ ६ वटा वडामध्ये वडा १, २, ३, ४ मा कांग्रेस, ५ मा एमाले र ६ मा जसपा विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...