नरहा गाउँपालिका अध्यक्ष पदमा यादव र उपाध्यक्ष मा चौधरी बिजय

  • जेठ ६, २०७९
  • ४७१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिराहाको नरहा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। गाउँपालिका अध्यक्षमा एमालेका रामप्रमोद यादव १ सय ७८ मत अन्तरले विजयी भएका हुन्। उनले २ हजार ६९५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी नेपालका राम सोगारथ यादवले २ हजार ५१७ र कांग्रेसका कौशल मण्डलले २ हजार ११४ मत पाएका छन्।गाउँपालिका उपाध्यक्षमा एमालेकै गुलाव देवी चौधरी निर्वाचित भएकी छिन्। चौधरी २ सय ४८ मत अन्तरले दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन्।चौधरीले २ हजार ५७१ मत पाएकी छिन्। निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी अरहुल्ला देवी यादवले २ हजार ३२३ र जनता समाजवादी पार्टी नेपालीकी फूलोदेवी यादवले २ हजार १०४ मत प्राप्त गरेकी छिन्।२०७४ को स्थानीय तह निर्वाचनमा एमालेले नरहा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष जितेको थियो। त्यसलाई यसपाली पनि निरन्तरता दिन सफल भएको छ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...