सिरहा धनगढीमाई नपाको मेयरमा महतो र उपमेयर्मा चौधरी बिजय

  • जेठ ६, २०७९
  • ३८० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा, ६ जेष्ठ। सिरहाको धनगढीमाई नगरपालिकामा नेकपा एकालेका शिवशंकर महतो मेयर र उपमेयरमा नेपाली काँग्रेसका संगीता कुमारी चौधरी निर्वाचित भएका छन्। नेकपा एकालेका जिल्ला सचिव समेत रहेका महतो ७ हजार ५६ मत ल्याउँदै विजयी भएका हुन्। महतो नेपाली काँग्रेसका जिल्ला सभापति तथा संविधानसभा सदस्य रामचन्द्र यादवलाई १ सय ५५ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन्। निकटतम प्रतिस्पर्धि यादवले ६ हजार ९ सय १ मत ल्याउँदा निवर्तमान मेयर तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हरिनारायण चौधरीले ४ हजार ३ सय ६९ मत प्राप्त गरेका छन्। उपमेयर संगीता कुमारी चौधरी ६ हजार ६ सय १३ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिस्पर्धिहरु नेकपा एमालेका शोभा कुमारी रालले वरालले ६ हजार ३ सय ७८ र निवर्तमान उपमेयर तथा नेकपा माओदी केन्द्रका फूलकुमारी श्रेष्ठले ४ हजार ३ सय १४ मत प्राप्त गरे। जम्मा १४ वडा रहेको यस पालिकामा सवैभन्दा बढी नेपाली काँग्रेस ६ वटा, नेकपा माओवादी केन्द्रले ३ वटा, नेकपा एकालेले २ वटा, नेकपा एकीकृत समाजवादी १, जसपा १, जनमत १ वडामा विजयी भएका छन्। नेपाली काँगै्रसका वडा नम्वर १ मा सूर्यनारायण यादव ६७८, वडा नम्वर २ मा हमिद मियाँ ४७१, वडा नम्वर ४ मा ओमप्रकाश यादव ४२१, वडा नम्वर ५ मा रामजतन कामैत ६३१, वडा नम्वर १० मा सरोज कुमार महतो ४८५ र वडा नम्वर १४ मा अनिल ठकुरी ५२२ मत प्राप्त गर्दै विजयी भएका छन्। नेकापा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएकामध्ये वडा नम्वर ३ मा विरेन्द्र कुमार साह ७३३, वडा नम्वर ९ मा प्रकाश योञ्जन ६४२ र वडा नम्वर १३ मा सूर्यमान तामाङ ६९९ मत सहित निर्वाचित भएका छन्। नेकपा एमालेको ११ नम्वर वडाबाट अशोक कुमार श्रेष्ठ ५५०, वडा नम्वर १२ मा जय प्रकाश ठाकुर ७६३ मत प्राप्त गर्दै विजयी भएका छन्। नेकपा एकीकृत समाजवादीबाट वडा नम्वर ६ मा भगलु महतो ६३४,जसपाबाट वडा नम्वर ७ मा विजय महतो ६२४ र जनमतबाट वडा नम्वर ८ मा राम भरोस महतो ३८४ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...