सिरहा कल्याणपुर नगरपालिकाको प्रमुखमा राम पुकार र उपप्रमुखमा रेखा एमाले बाट बिजय

  • जेठ ६, २०७९
  • ३९४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा, ६ जेष्ठ। सिरहाको कल्याणपुर नगरपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ। नेकपा एमालेका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका रामकुमार साह तेली ५ हजार ८ सय ८३ मत र उप उपमेयर रेखा कुमारी यादवले ५हजार ७ सय ३३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। मेयरपदका प्रतिस्पर्धिहरु नेपाली काँग्रेसका धर्मनाथ यादवले ५ हजार ३ सय ५३ मत ल्याउँदा जनता समाजवादी पार्टीका प्रतिप साहले ४ हजार १ सय ७६ मत प्राप्त गरेका छन्। उपमेयरका प्रतिस्पर्धि नेपाली काँग्रेसका धनेश्वरी देवी मण्डलले ५ हजार ४ सय ७० मत र जसपाका मसुदा खातुनले ४ हजार ५ सय ४५ मत प्राप्त गरे। १२ वडा रहेको यस पालिकामा जसपा ३, नेकपा एमाले सवैभन्दा बढी ५, नेका २, नेकपा एस १ र जनमतले १ वडामा विजयी हासिल गरेका छन्। २०७४ को निर्वाचनमा नेपाली काँग्रेसका सूर्यनाथ मण्डल मेयर पदमा निर्वाचित भएका थिए। वडा नम्वर १, २ र १० मा जसपाका वडा अध्यक्षहरु विजयी भएका छन्। वडा नम्वर १ मा ६ सय ५४ मत प्राप्त गर्दै जयराम कामती, २ मा ६ सय ९६ मत प्राप्तसहित मो. साकिर र वडा नम्वर १० मा ६ सय ४९ मत प्राप्त गर्दै नन्द किशोर साह निर्वाचित भएका छन्। नेकाप एमालेबाट वडा नम्वर ३ मा १ हजार ५८ मत सहित रामदुलार मण्डल, ४ मा ९ सय ५९ मत सहित प्रदिप कुमार यादव, ६ नम्वर वडामा ३ सय १३ मत सहित दिनेश यादव, वडा नम्वर ११ मा ८ सय २५ मत सहित परमेश्वर साह र १२ नम्वर वडामा १ हजार २ सय ७४ मत सहित दिलिप कुमार यादव विजयी भएका छन्। नेपाली काँग्रेसका कुलदिप यादव ७ सय ९५ मत सहित वडा नम्वर ५ र वडा नम्वर ८ बाट राम किशोर यादव ७ सय ३ मत सहित विजयी भएका छन्। नेकपा एकीकृत समाजवादीका विष्णु देव यावदवले ९ सय २८ प्राप्त गर्दै वडा नम्वर ८ को वडा अध्यक्ष निर्वाचित भएको छ। जनमत पार्टीका विनोद कुमार यादवले ५ सय ४ मत प्राप्त गर्दै वडा नम्वर ९ मा विजयी भएको छ।

प्रतिक्रिया दिनुहोस

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...

२३ भदौमा सरकारलाई ...

काठमाडौं, ३० साउन । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक रहेक ...

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...