सिरहामा एमालेको बिजय

  • जेठ ५, २०७९
  • ३७३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा, ५ जेष्ठ। सिरहा नगरपालिको मेयर र उपमेयरमा नेकपा एमाले यादव र साह निर्वाचित भएका छन्। एमालेका जिल्ला उपाध्यक्ष समेत रहेका नविन कुमार यादव मेयर र वविता कुमारी साह उपमेयरमा निर्वाचित भएका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय सिरहाले सार्वजनिक गरेको मत परिणाम अनुसार मेयरमा उनले ११ हजार एक सय ४३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धिहरु नेपाली कांग्रेसका मधेश प्रदेश महामन्त्री उपेन्द्र कुमार यादवले ८ हजार ७ सय २० मत र जनता समाजवादी पार्टीका नगर अध्यक्ष एवम् निवर्तमान मेयर अशेश्वर प्रसाद यादवले ७ हजार सात सय ३४ मत प्राप्त गरेका छन् । उपमेयरमा निर्वाचित साहले १० हजार १ सय २६ मत प्राप्त गरेका छन्। उनी एक हजार पाँच सय ३७ मत अन्तरले विजयी भएकी हुन्। उनका निकटतम प्रतिस्पर्धिहरु नेपाली कांग्रेसकी सरिता कुमारी यादवले ८ हजार पाँच ८९, जनता समाजवादी पार्टी नेपालकी शशी ऋषि मित्रा माझी मुसहरले सात हजार ८ सय ५५ प्राप्त गरेक छन्। मेयरमा निर्वाचित. यादव यस अघि २०७४ को स्थानीय तह निर्वाचनमा पनि उम्मेद्वारी दिएका थिए। त्यसवेला उनी १ सय ७१ मत्रान्दरले पराजित एका थिए। नगरको २२ वडामध्ये नेकपा एमाले ७, नेकपा एकीकृत समाजवादी ५, नेपाली काँग्रेस रजसपा ४/४ वडामा विजयी भएका छन्। एउटामा नेकपा माओवादी केन्द्र र एउटामा स्वतन्त्र उम्मेदवार वडा अध्यक्ष बनेका छन्। जसमध्ये जसपाका तर्फबाट वडा नम्वर १ मा महेश कुमार यादव ९ सय मत, ९ मा रामदयाल यादव ९ सय ६३ मत, ११ मा विनोद कुमार कामती ६ सय ५३ मत र १५ मन्वर वडामा राम सोभित यादव ४ सय ५१ मत प्राप्त गर्दै विजयी भएका छन्। नेपाली काँग्रेसको तर्फबाट वडा नम्वर २ मा राकेश कुमार यादव ९ सय मत, १७ मा उमेश प्रसाद यादव ५ सय ८२ मत, १८ मा शैलेन्द्र कुमार यावदव ६ सय ६९ मत, २० मा रामचन्द्र यादव ८ सय ४९ मत प्राप्त गर्दै विजयी भएका छन्। नेकपा एकालेको तर्फबाट वडा नम्वर ३ मा प्रदिप कुमार मण्डल ५ सय ३० मत, ८ मा योगेन्द्र हजरा यादव ४ सय ९६ मत, १० मा दिपक मुखिया ८ सय ५३ मत, १२ मा शिवशंकर झा १ हजार ८८ मत, १३ मा सचेन्द्र कुमार साह ४ सय १५मत, १४ मा उपेन्द्र मण्डल ५ सय ८० मत र १६ मा धिरेन्द्र प्रसाद मर्वैता ९ सय २५ मत प्राप्त गरी निर्वाचित भएका छन्। त्यसैगरी, नेकपा एसका तर्फबट उम्मेदवार वनेकका ४ नम्वर वडाका मो. शमशाद ६ सय ५४मत, ५ मा जागेश्वर यादव ३ सय ८२ मत, ६ मा इन्द्रजित कुमार गोठिया ६ सय ५४ मत, ७ मा विनोद कुमार यादव ३ सय ५६ मत, २२ मा जिवछ नारायण यादव ८ सय ६३ मत प्राप्त गरी निर्वाचित भएका छन्। नेकपा माओवादी केन्द्रका आशोक कुमार यादव ८ सय ६२ मत प्राप्त गर्दै विजयी भएको छ। भ्ने वडा नम्वर १९ मा स्वतन्त्र उममेदवारी दिएका सरेन्द्र मण्डल ४ सय ७० मत सहित निर्वाचित भएको छ।

प्रतिक्रिया दिनुहोस

नयाँ वर्ष २०८२ मा जन ...

सिरहा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य तथा मधेश प्रदेश सभापति माननीय इन्जिनियर तपेश्वर यादवले नय ...

दुई बाइक एक आपसमा ठो ...

महोतरीको जलेश्वर–बर्दिबास सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी तीन जना विद्यार्थीको मृत्यु ...

तीन सूत्रीय मागसहित ...

 सिरहा नगरपालिकाका कर्मचारीहरू तीन सूत्रीय माग अघि सार्दै धर्नामा बसेका छन्। सोमबार नगर प्रमुख ...