बिष्णुपुर गाउँपालिका अध्यक्षमा एमालेको सत्यनारायण यादव बिजय

  • जेठ ४, २०७९
  • ६७१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिराहाको बिष्णुपुर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका सत्य नारायण यादव निर्वाचित भएका छन्। अन्तिम मत परिणामअनुसार ४१ मतान्तरले यादव अध्यक्षमा निर्वाचित भएका हुन्।  उनले २ हजार १५८ मत पाउँदा उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी नेपालका जागेश्वर यादवले २ हजार ११७ मत पाएका छन्। गाउँपालिका अध्यक्षमा निर्वाचित सत्य नारायण २०७४ को निर्वाचनमा जसपाका जागेश्वरसंग पराजित भएका थिए भने २०७९ को चुनावमा जसपाका जागेश्वर यादवलाई पराजित गरेका छन। नेपाली कांग्रेसका कुशेश्वर यादवले १ हजार ६६०, नेकपा माओवादी केन्द्रका हजारी साहले १ हजार ८१२, जनमत पार्टीका सत्य नारायण यादवले ५ सय ८२ र नेकपा एकीकृत समाजवादीका शत्रुधन यादवले १ सय ७ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा जसपाकी गिता कुमारी सिंह निर्वाचित भएका छन्। सिंहले २ हजार २७२ मत प्राप्त गर्दा काँग्रेसकी चन्द्रकला कुमारी यादवले १ हजार ९६९, एमालेकी शान्ति देवी यादवले १ हजार ७६४, माओवादीकी रिंकु कुमारी यादवले १ हजार ३१६, जनमत पार्टीकि गंगा कुमारी यादवले ८ सय ७३ र एकीकृत समाजवादीकी ममता कुमारी सिंहले १ सय १८ मत पाएका छन्। गाउँपालिकाको वडा नम्बर १ मा भोगेन्द्र यादव (जसपा), वडा नम्बर २ मा प्रमोद कुमार यादव (काँग्रेस), वडा नम्बर ३ मा जय कुमार यादव (जसपा), वडा नम्बर ४ मा रामबाबु यादव (काँग्रेस) र वडा नम्बर ५ मा जयनाथ यादव निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...