सिरहा धनगढी - १२ मा डोटेलको उम्मेदवारी

  • वैशाख १२, २०७९
  • ४७८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

विनोद मण्डल सिरहा । सिरहाको धनगढीमाई - १२ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष पदको लागी विवेक राज डोटेल पक्का भएपछि चुनावी मैदानमा कांग्रेसका कार्यकर्ताहरु व्यापक रुपमा प्रचार प्रसारमा आएका छन् । नेपाली कांग्रेसका चर्चित नेता दीपेन्द्र हमाल गत स्थानिय निर्वाचनमा पराजित भएपछि विगतका सबै कमी कमजोरीहरुको मूल्यांकन गर्दै नेता दीपेन्द्र हमालले वडा अध्यक्ष पदको लागी डोटेललाई खुला गरेपछि धनगढीमाई - १२ मा सर्वसहमतिले विवेक राज डोटेल चुनावी मैदानमा उम्मेदवारी चुनिएको हो । स्थानिय जनताले रुचाएका नेता डोटेल करिब तीन दशकदेखि नेपाली कांग्रेस निकट भई पार्टीमा लागिरहेका छन् । डोटेलले माध्यामिक विद्यालय स्थापनामा योगदान गरेको डोटेल परिवारको सदस्य चुनावी मैदानमा आएको सुनेर स्थानिय स्तरमा खुशी छाएको छ । उनले विकास निर्माणमा ध्यान केन्द्रित गर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...