समाजका सकारात्मक संबाहकको रूपमा नवलपरासी युवा समाज

  • वैशाख ३, २०७९
  • ५५० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 विनोद मण्डल वैशाख 2 । समाजको निर्माण आदिम कालदेखि भएको थियो जहाँ विकासले फडको मार्दै आजसम्मको आधुनिक समाज बन्न सफल भएको हो । नदी किनारमा विकशित भएको मानव सभ्यताको उतिबेला देखि विकासको खम्भा युवालाई मानिन्छ । समाजमा असली परिवर्तन युवाबाट मात्र सम्भव देखिएको छ । समाजमा विकृति र विसंगतिका विरुद्ध आवाज उठाउने युवा सकारात्मक दिशामा उभिनु आजको आवश्यकता हो । देशमा राजनीतिक तरलता भइरहेको अवस्थामा देशका युवाहरु स्वतन्त्र सामाज निर्माणको दिशामा उभिरहेको छ । नवलपरासीमा स्वतन्त्र युवा धर्मेन्द्र गिरी र नरेन्द्र मिश्र जस्ता युवाहरु जिल्लामा हरेक पक्षमा सकारात्मक सुधारका निम्ति यतिबेला युवाहरुको समाज गठनमा लागिपरेका छन् । समाजमा रहेका कुलत लगायत हरेक किसिमका समस्याहरू जसले समाजलाई कुरुपता तिर धकेलिरहेको खराब तत्वलाई निर्मूल र सुधारको महान कार्यमा लागिपरेका युवा समाज हुन् नवलपरासी युवा समाज । जिल्लामा मौलाइरहेको भ्रष्टाचारको विरुद्धमा उभिने समाजले समाजमा चेतना मुलक कार्यक्रम समेत सञ्चान गरिरहेका छन् । जिल्लामा किशासनको समस्यादेखि लागू पदार्थ दुरुपयोगमा लिप्त युवा देखि सडकमा ट्राफिक चेतना लगायतका सकारात्मक नीति लिएर अगाडि आएका युवाको कार्यलाई सबैतिर सकारात्मक रूपमा हेरिनु आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...