प्रहरीउपरीक्षक द्वयको निर्देशन वीपरीत मुख्य भन्सारवाट व्यापक तस्करी

  • बैशाख ३, २०७९
  • २९६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 कृष्णा यादव / बैशाख ३, वीरगंज । वीरगंज भन्सारको मुख्य नाकावाट सिमानाका रहेका बिअोपी र प्रहरी चौकीको मिलोमतोमा व्यापक रुपमा तस्करीको भईरहेको छ। पर्साको बीरगंज महानगरपालिकामा पर्ने भन्सारको मुख्य नाका र पूर्वपट्टि रहेको ईनार्वागाउँबाट भन्सारको कर्मचारी , नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलेमतोमा भन्सार छली तस्करी हुँदै अाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख रमेश बस्नेत र सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख तेज पोखरेलद्वय प्रहरी उपरीक्षकहरुले तस्करीमा कडाई गर्ने निर्देशन दिएपनि सिमानाकामा रहेका बिअोपी र प्रहरी चौकीहछरुले निर्देशन विपरीत ठुलो मात्रामा तस्करी लाईन दिई दिन्हु ५० लाख रुपैया बराबरको सामानहरु भन्सार छलि गरि नेपाल तस्करहरूले नेपाल भित्रयाउदै गरेका छन्। सिमानाकामा रहेका यीद्वय सशस्त्रको भन्सार बीओपी वीरगंजका इन्चार्ज सुवर्ण बम र अस्थायी प्रहरी पोष्ट ईनार्वागाउँका इन्चार्ज सिंहले तस्करहरुसँग हप्ता असुलीदेखि महिनावारी समेत असुल्ने गरेका कारण व्यापक रुपमा भन्सारको मुख्य नाका र गाऊवाट खुलियाम रुपले ओसारपसार भइरहेको स्थानीयले आरोप लगाएका हुन् । पर्साको इनार्वागाउँ क्षेत्रबाट कपडा तस्करी हुने गरेको छ । इनर्वागाउँलाई कपडा तस्करीको केन्द्र पनि मानिन्छ । ईनार्वागाउँबाट सशस्त्रका इन्स्पेक्टर बम र असई सिंहकै संरक्षण र मिलेमतोमा नेपालतर्फबाट मटर, मरिच, छोकडा, सुपारी, अलैंची, खुकुरी चुरोट, चाइनिज स्याउ, मदिरा, पेट्रोल, डिजेल, र चाइनिज इलेक्ट्रोनिक सामग्रीहरुको तस्करी भइरहेको छ । भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउने भारतीय सामग्रीहरुमा लत्ताकपडा, खाद्यान्न, हार्डवेयर, इलेक्ट्रोनिक पाट्र्स, मोटर पाट्र्स, कुखुराको चल्ला, भैंसी, कस्मेटिक तथा खेलकूद लगायतका सामग्रीहरु, भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ र रजनीगन्धा, स्पेयर पार्टस्, कुखुरा र अन्डालगायत विभिन्न वस्तु रातिमा तस्करी हुँदैआएको छ । भन्सारको कर्मचारी वा सशस्त्र र प्रहरीको संरक्षणमा दिनमा एक समुहले २० वटा साईकल र अटो प्रयोग गरि डियुटीमा रहेका भन्सारका कर्मचारी र प्रहरीहरुलाई मिलाएर दिन भरि सामानहरु अोसार पोसार गर्ने गरेको दृश्य हामीले क्यामरामा कैद गरेको छु। त्यसैगरी पिकअप र ट्याम्पोबाट कपडा र हार्डवेयरका सामानको तस्करी गर्दै आएका काका भन्ने व्यक्ति तथा हार्डवेयरका सामानको तस्करी गर्दै आएका शर्माजी लगायत धेरै तस्करहरुलाई लाइन दिइएको छ । यसरी तस्करहरुलाई लाइन दिएर प्रहरी र सशस्त्रका इन्चार्जले लाखौं असुली गर्ने गरेको आरोप छ । इनर्वागाउँबाट असई सिंहको सेटिङमा सरसामान ब्यापक तस्करी हुने गरेको समाचार विभिन्न संचार माध्यममा आउने गरेका छन् । देशमा अार्थिक अभावले गर्दा विभिन्न किसिमको सामानहरुको अायत निर्यातमा रुक लगाएपछि तस्करहरुले मौकाको फाईदा उठाई सिमानाकामा रहेका बिअोपी र प्रहरी चौकाका ईन्चार्जहरुले मोटो रकमको नजराना बुझाई तस्करीको लाईन लिई व्यापकरुपमा तस्करी गरिरहेको स्थानीयहरुले अारोप लगाएका छन्। वीरगन्ज भन्सारमा चेकजाँचको लागि खटाएका डियुटीमा रहेको प्रहरीद्वयहरुले सिमानाकामा एक एक जना प्रहरीलाई निगरानीमा खटाई पत्रकार देख्ने बितिके सिमानाकामा हुने तस्करी रुकिन्छ सो नाकावाट पत्रकारहरु जानै बितिकै तस्करी सुचारु हुने गरेको दृष्य हेर्न सकिन्छ । त्यसैगरि सिमानाकामा डियुटि रहेका प्रहरीहरुले घरायसी प्रयोजनको लागि ल्याउदै गरेको सामानहरु चेकजाचको बहानामा रुकि दुख दिने गरेको छ भने तस्करहरु संग रकम बुझि तस्करी गराउने गरेको दृश्य त्यहा बसेर जो क्यो पनि हिर्नसक्नुहुन्छ।यस्ता गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान यति अावशयक देखिएको छ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...