साना किसान बिष्णुपुरको अध्यक्षमा जिल्ला उपसभापति सरोज यादव विजय

  • कार्तिक १, २०७६
  • ७०८ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव÷असोज ३० ,बिष्णुपुर । साना किसान सहकारी संस्था बिष्णुपुरको अध्यक्ष पदमा सिरहा जिल्ला समन्वय समितिका उपसभापति सरोज यादव विजय भएको छ ।

अध्यक्ष पदमा विजय हासिल गर्न सफल भएको उपसभापति यादव आफ्ना प्रतिद्धन्दी भोगेन्द्र प्रसाद यादवलाई ६ मतले पछाडी पार्दै जित सफल पारेका थिए । अध्यक्ष यादवले जम्मा ६६५ मत प्राप्त गरी जित हासिल गरेका थिए भन्ने प्रतिद्धन्दी भोगेन्द्र प्रसाद यादवले ६५९ मतमा सिमित रही पराजित भएका थिए ।

त्यसतै लेखा समिति संयोजकको पदमा पशुपति यादवले ६८४ मत हासिल गर्दै जित्न सफल भएका थिए भने प्रतिद्धन्दी बिरेन्द्र प्रसाद यादवले ६२७ मतमा सिमित भएका थिए । त्यसतै सदस्य पदमा संजय कुमार मण्डल ६५८ मत र बिश्वमर महतोले ६३९ मत प्राप्त गरी विजय हासिल गरेका थिए भने प्रतिद्धन्दी क्रमस शिवनारायण सिहं ३३५ मत र रामशंकर कामती ६३० मत प्राप्त गरी पराजित भएका थिए ।

सो निर्वाचनको लागि उपाध्यक्ष पदमा सरिता कुमारी कापर (कामती) निरबिरोध भएकी थिईन । अध्यक्ष पदमा उम्मेदबारी गरेका उपसभापति सरोज यादवको चुनाव चिन्ह हल्लो रहेको थियो भने विपक्षी भोगेन्द्र प्रसाद यादवको चुनाव चिन्ह साइकल रहेको थियो ।  चुनाव चाँही सहज वातावरणमा शान्तिपुर्ण ढङ्गले सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...