सलहेस राज सिरहामा भक्तजनहरू सडक पेटीमा

  • वैशाख १, २०७९
  • १२२७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

विनोद मण्डल वैशाख 1 । मिथिलाको धार्मिक सांस्कृतिक स्थलहरूको रूपमा रहेको मानिक दह ,फूलवारी धाम र महिशोथामा प्रत्येक वर्ष वैशाख 1 गते ठूलो मेला लाग्ने गरेको छ । मेला भर्नको लागि देशका विभिन्न भाग लगायत छिमेकी राष्ट्र भारतको विभिन्न भागबाट श्रद्धालु भक्तजनहरूको आवागमन हुने गर्दछ । वैशाख 1 गते बिहानी पख लाग्ने मानिक दहको मेलामा स्नान गर्नाले सन्तानको प्राप्ति हुने लगायतका जनविश्वास सहित मानिसहरू आउने गर्दछन् तर दहमा पानी सुकेकोले उक्त अवसरबाट वञ्चित भए मानिस भने सिरहाको महिसोथामा धर्मशालाको अभावमा छिमेकी राष्ट्र भारतबाट आएका भक्तजनले सडकको पेटीमा बस्न विवश भएका हुन् । लहान नगरपालिकाभित्र पर्ने मानिक दहको व्यवस्थापनमा लहानको मेयर उदासीन देखिएको छ भने यता सिरहाको मेयर समेत व्यवस्थापनमा उदासीन रहँदा पर्यटन विकास एकातिर ओझेलमा परेको छ भने अर्कोतिर धार्मिक सांस्कृतिक स्थलहरूको वास्तविक पहिचान डुब्ने खतरा पनि उत्तिकै रहेको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...