सलहेस राज सिरहामा भक्तजनहरू सडक पेटीमा

  • बैशाख १, २०७९
  • १०३७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

विनोद मण्डल वैशाख 1 । मिथिलाको धार्मिक सांस्कृतिक स्थलहरूको रूपमा रहेको मानिक दह ,फूलवारी धाम र महिशोथामा प्रत्येक वर्ष वैशाख 1 गते ठूलो मेला लाग्ने गरेको छ । मेला भर्नको लागि देशका विभिन्न भाग लगायत छिमेकी राष्ट्र भारतको विभिन्न भागबाट श्रद्धालु भक्तजनहरूको आवागमन हुने गर्दछ । वैशाख 1 गते बिहानी पख लाग्ने मानिक दहको मेलामा स्नान गर्नाले सन्तानको प्राप्ति हुने लगायतका जनविश्वास सहित मानिसहरू आउने गर्दछन् तर दहमा पानी सुकेकोले उक्त अवसरबाट वञ्चित भए मानिस भने सिरहाको महिसोथामा धर्मशालाको अभावमा छिमेकी राष्ट्र भारतबाट आएका भक्तजनले सडकको पेटीमा बस्न विवश भएका हुन् । लहान नगरपालिकाभित्र पर्ने मानिक दहको व्यवस्थापनमा लहानको मेयर उदासीन देखिएको छ भने यता सिरहाको मेयर समेत व्यवस्थापनमा उदासीन रहँदा पर्यटन विकास एकातिर ओझेलमा परेको छ भने अर्कोतिर धार्मिक सांस्कृतिक स्थलहरूको वास्तविक पहिचान डुब्ने खतरा पनि उत्तिकै रहेको छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...