कृष्णनगर देखि बालक हराएको सूचना

  • चैत्र २८, २०७८
  • ५२४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

अजय मिश्र, कृष्णनगर चैत्र २८ ।अर्घाखाँची जिल्ला भुमिकास्थान गाउँपालिका घर भइ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ पुरानो बसपार्कमा होटल देउराली रेस्टोरेंट एण्ड लज संचालन गर्दै आएका बाबुराम भट्टराईको छोरा बर्ष १३ को विपिन भट्टराई कृष्णनगर बजार देखि हिजो साझ ७ बजेबाट सम्पर्क बिहिन बनेको पारिवारिक स्रोतले जनाएको छ l विपिन भट्टराई चैत्र २७ गते साझ कृष्णनगर बजार देखि हराएको उहाँ लगभग ४.५ फिट हाइट, गोरो रंगको, कालो टिसर्ट हाफ पाइन्ट र कालो चप्पल लगाएका थिए l उनी चन्द्रौटाको फफुरी इंग्लिश बोर्डिंग स्कूल कक्षा ७ मा पढ्ने विद्यार्थी समेत थिए l इलाका प्रहरी कार्यालय कृष्णनगरमा बालक हराएको उजुरी आएको र आफूहरू खोजतलास गरिरहेको इलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख प्रहरी निरिक्षक सुकदेव पौडेलले जानकारी दिएका छन् l बालकलाई खोजतलास गर्न सबैमा पारिवारिक श्रोतले अपिल गरेको छ l बालक फेला पार्ने महानुभाव हरू निम्न मोबाइल नम्बरमा ९८४९११४४५३, ९८५७०५५३६० मा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् l

प्रतिक्रिया दिनुहोस

क्यामपस प्रमुखले ब्र ...

 सिरहा । सिरहाको पश्चिमी उत्तर तथा मध्यवर्ती क्षेत्रका उच्च शिक्षाको लागि छटपट्टिएका विपन्न जनत ...

सिरहामा कोदालो प्रह ...

प्रदेश टाइम्स  / ३ जेठ, सिरहा । सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीले छिमेकीलाई कोदालो ...

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...