प्रतिगामी शक्तिलाई प्रास्त गर्न स्थानीय तहको चुनावमा पाँच दलिय गठबन्धन

  • चैत २८, २०७८
  • ७७६ पटक पढिएको
  • राम पुकार यादव
alt

 राम पुकार यादव/ २८ चैत्र, सिरहा । स्थानीय तहको लागि बैशाख ३० मा हुने चुनावमा प्रतिगामी शक्ति अर्थात प्रतिगमनका पक्षधर दलहरूलाई प्रास्त गर्न पाँच दलिय गठबन्धन भएको छ।प्रधानमन्त्री तथा नेपाली कांग्रेसको सभापति शेर बहादुर देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड ,नेकपा(एकीकृत समाजवादी )को सम्मानित नेता झलनाथ खनाल,जसपाको वरिष्ठ नेता अशोक कुमार राई र रास्टिय जनमोर्चा पार्टीको उपाध्यक्ष दुर्गा पौडेलले स्थानीय चुनाव २०७९ को लागि पाँच दलिय गठबन्धन गर्दै बिज्ञप्ती जारी गरेको छ। व्यापक सहभागिता सहित अगामी स्थानिय तहको चुनावलाई सफल पार्न पाँच दलिय गठबन्धनका उम्मेदवारहरुलाई आफ्नो अमुल्री मत दिई जिताउन उनिहरु द्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख गरिएको छ।बिज्ञप्तिमा प्रतिगमनकारी शक्तिहरुले लोकतान्त्रिक परिवर्तनलाई उल्टाउने दुस्प्रयासमा जुटेकाले परिवर्तन बिरोधि र प्रतिगामी दुराश्य बाट देश र लोकतन्त्रलाई बचाउन पाँच दलिय गठबन्धन बनेको हो।यसको परिपालन सबैले गर्नुपर्ने अपरिहार्य रहेको बिज्ञप्तिमा उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...