आचारसंहिता लाग्नु अगावै नगरप्रमुखले फिर्ता गरे आफू चढ्ने सरकारी गाडी

  • चैत २३, २०७८
  • ४८८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

अजय मिश्र / कृष्णनगर , चैत्र २२ । निर्वाचन अचारसंहिता लाग्नुभन्दा अगावै कृष्णनगर नगरपालिकाका नगरप्रमुखले चढ्ने गाडी फिर्ता गरका छन । स्थानीय निर्वाचन २०७४ मा स्वतन्त्र उम्मेदवारकाे रुपमा नेपालभरि कै नगरपालिकाका स्वतन्त्र उम्मेदवारमध्ये सबैभन्दा बढी फरक मतान्तरले जीत हासिल गरेका कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले आफू चढ्ने पालिकाकाे गाडी हस्तान्तरण गरिसकेकाे बताउनुभएको छ । निर्वाचन आचारसंहिता लाग्नुभन्दै पहिलै नै नगरपालिकाकाे गाडीकाे सांचाे प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र ढकाललाई सुम्पिएकाे नगरप्रमुख शाहले जानकारी दिनुभयाे । आइतबार अफिस समयमा नगरपालिका पुगेर सेताे प्लेटकाे स्कारपियाे गाडीलाई नगरपालिका तथा अन्य सरकारी कामकाजका लागि फसर्ता गरिएकाे छ । अन्य एउटा गाडी उपमेयर सबनम खातुनले चढ्ने पनि छिट्टै फिर्ता हुने याेजना शाखा प्रमुख साकिर अहमद शाहले जानकारी गराउनुभयाे । स्थानीय निर्वाचन २०७८ काे आचार संहिता लागेसंगै जनप्रतिनिधिहरुले लिने सेवासुविधामा राेक लाग्ने भएकाले जिल्लामै पहिलाे स्थानीय तहका जनप्रतिनिधिले गाडी फिर्ता गरेका हुन ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...