जनताको मन बाट गएको छैन एमाले- पुर्व मन्त्री श्रेष्ठ

  • फागुन १५, २०७८
  • ९१८ पटक पढिएको
  • राम पुकार यादव
alt

फाल्गुन १४ सिरहा । संसारमा कतै नभएको तरिका बाट के. पि. ओलिको दुई तिहाई एमालेको सरकार सर्बोच्च अदालतको परमादेश बाट ढालिंदा पनि जनताको मन बाट एमाले र सुर्य छप नगएको पुर्व कानुन न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले बताएका हुन। सिरहाको बिष्णुपुर वडा न.५ लक्ष्मीपुरमा आयोजित एमालेको आठौं वडा अधिबेशनको बिशिस्ट अतिथि पुर्व मन्त्री श्रेष्ठले सम्बोधन गर्दै समाज रुपान्तरण र देश बिकासको लागि एमालेको खाँचो रहेको भन्दै एमाले सदैब जनताको साथमा रहेको बताए । पुर्व मन्त्री श्रेष्ठले ,जनता एमालेको कार्यशैली बाट खुशी रहेको धारणा प्रष्ट पार्दै भने एमालेकै सहारामा बाँचिरहेका छौं जनताले महसुस गरिएको देखंदा आज आफ्नो एमाले पार्टी कमजोर नरहेको दाबी गरे । उहाँले, देशको हरेक कुना कप्चा गाउँ टोल शहरमा एमाले नै फैलिरहदा एमाले संतोषजनक अबस्थामा रहेको र एमाले माथी जनताको भरोसा नघटेको धारणा प्रस्ट्याए। उहाँले भने,शिशु देखि बृद्ध असहाय गरिबको पार्टी नै एमाले हो ,जनताको हरेक आवश्यकता र पिडामा जनताको साथ छ।चुनावी इशारा गर्दै सुर्य छापमा जनता केन्द्रित रहेको बताए ।मन्त्री श्रेष्ठले भने,शिक्षा देखि स्वास्थ ,कृषी देखि सिचाइ मात्रै होइन १६ वटा मौलिक अधिकारहरुको शुनिश्चितता तथा ग्यारेन्टी पनि एमाले नै गरेको हो भन्दै बर्षौ बर्ष देखि सरकारमा रहदा पनि काँग्रेस माओवादीले गर्न नसकेको बिकास योजनाको कार्यहरू एमाले आफू सरकारमा रहदा गरेर देखाएको बताए ।पुर्व मन्त्री श्रेष्ठले जनताको सहज यातायातको लागि हिमाल पहाड तराइमा गरि मुख्य तीन राजमार्गहरुको निर्माण गरेको बताउँदै भने कांग्रेसको सरकारले सिन्को पनि गर्न सकेको छैन।कार्यपालिका ब्यबस्थापिका र न्यापालिकाको कार्यशैली जनमुखी नरहेको प्रती चिन्ता व्यक्त गरे। उहाँले जनतालाई चुनावमा एमालेतिर केन्द्रित हुन इशारा गर्दै भने सिरहाको १७ स्थानीय तहहरुको बिकासमा आफु सरकारमा रहँदा अतुलनीय बिकासको बजेट दिएको र बिष्णुपुर गाउँपालिकाको त झन ५ वटै वाडामा अतिथि सदन र सामुदायिक भवनहरु बनाइदिएको बताए । कार्यक्रम बिष्णुपुर गाउँपालुकाको लागि एमाले बाट अध्यक्ष पदको संम्भाबित उम्मेदवार सत्यनारायण यादवको अध्यक्षतामा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...