सिरहाको बिष्णुपुरमा पनि बन्ने भयो पत्रकार महासघंको संचार केन्द्र तथा तालिम कक्ष,माओवादी सडक खन्डमा गराइयो जग्गा उपलब्ध

  • असोज १२, २०७६
  • १४१२ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव/९ असोज बिष्णुपुर । सिरहाको बिष्णुपुरमा नेपाल पत्रकार महासंघको संचार केन्द्र तथा तालिम कक्षको लागि भवन बनाउने सघंको निर्णय भए सगैं बिष्णुपुर गाउँपालिकाले जग्गा उपलब्ध गराएको छ । बिष्णुपुर गाउँकार्यपालिकाको असोज ९ गते बिहिबार बसेको बैठकले जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।बिष्णुपुर गाउँपालिकाको अध्यक्ष जागेश्वर यादवको अध्यक्षतामा बसेको गाउँकार्यपालिकाको बैठकले सो जग्गा बिष्णुपुर गाउँपालिका वडा न. १ स्थित माओवादी सडक खन्डको कमला नहरको सिरहा शाखाको दक्षिण पश्चिम कुनाको जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।व्यबस्थित पत्रारीताको विकास तथा पत्रकारहरुको क्षमता अभिबृद्धिको लागि समय समयमा हुने तालिम गोष्ठी तथा सहि समयमा सत्य निष्पक्ष समाचार प्रवाहको लागि यस किसिमको तालिम भवन तथा संचार केन्द्रको ्र आवश्यकता रहेको महशुस गर्दै सो जग्गा उपलब्ध गराएको हो ।अध्यक्ष यादवले बताए ।यसको लागि नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष दिनेश्वर प्रसाद गुप्ता द्धारा हस्ताक्षरित पत्र असोज ८ गते बिष्णुपुर गाउँपालिकालाई पठाइएको थियो ।अध्यक्ष गुप्ता द्धारा हस्ताक्षरित पत्रमा पत्रकारहरुको क्षमता अभिबृद्धि तथा पेशागत बिकासको लागि आर्थीक तथा सामग्रीहरु समेत उपलब्ध गरादिन व्यहोरा उल्लेख गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...