नरहामा ट्याक्टरले ट्याक्टरलाई गरेको ओभरटेकको कारण बाइकमा सवार एक जनाको मृत्यु एक जना घाइते

  • माघ १०, २०७८
  • ८६७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स १० पुस सिरहा।सिरहाको नरहामा ट्याक्टरले ट्याक्टरलाई गरेको ओभरटेकको कारण बाइकमा सवार एक जनाको मृत्यु भएका छन भने एक जना घाइते भएको छ।सिरहा चोहर्वा सडक खण्डको नरहा स्थित दक्षिण तिर बाट उतर तिर गै रहेको उखु लोड ट्याक्टरलाई दक्षिण तिरै बाट गइरहेको इटाभटाको ट्याक्टरले ओभरटेक गर्दा उतरतिर नै गै राखेको बाइकमा ठक्कर हानेपछी बाइकमा सबार दुई जना मध्य एकजनाको घटना स्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन । मृत्यु हुनेमा सिरहाको बिष्णुपुर गाउँपलिका वडा नम्बर २ गढियाको मुकेश कुमार यादव रहेको हो भने घाइते सोही गाउँको प्रबिन यादव रहेको हो।मृतको पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहा लगिएको नरहा प्रहरीले जनाएको छ।दुर्घटना स १ त ७९५ नम्बरको ट्याक्टर र स ८ प ७१९४ नम्बरको डिस्कोभर बाइक बिच भएको हो। चालकको कागजात भन्ने थिएन ।कागजात नरहेको ट्याक्टर चालक परिवर्तन गर्ने नरहा स्थित सलमान पेट्रोल पम्पक संचालक साकिर अन्सारीले खेलबेल गरेको एक स्रोतले बताइ रहदाँ नरहा प्रहरी इन्चार्ज बिरेन्द्र यादवले भने त्यस्तो कुनै कुरो नरहेको बताए । दुर्घटना गरेर भाग्दै गरेको गाडिलाइ भन्ने स्थानीयहरुले पानबारि बाट नियन्त्रणमा लिइ नरहा प्रहरीमा बुझाइएको थियो।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...