सिरहा अर्नामा २ मा अनियमितता स्थानिय आक्रोशित

  • पुस १८, २०७८
  • ४४८ पटक पढिएको
  • शम्भु चौधरी
alt

शम्भु चौधरी लहान १७ पुस । सिरहाको अर्नामा गाउँपालिका वडा नं २ मा विकासको काममा अनियमितता भएको स्थानियहरुको आरोप रहेको छ ।

वडाको मैनावति खोलामा भएको पक्की पुल निर्माण, झोलुंगे पुल निर्माण,सरकारी गाडीको चरम दुरुपयोग,स्वास्थ्य, शिक्षा तथा कृषि क्षेत्रमा समेत अनियमितता भएको स्थानियको आरोप रहेको छ । यसै सन्दर्भमा समन्धित वडाका एक संर्घष समितिले शुक्रबार पत्रकार सम्मेलन गरी यस्तो बताएका छन ।

यस विषयमा अर्नामा गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत कृष्णान्द सिंहले भने हामी सरकारी कर्मचारी हौ जनताको करबाट सेवा सुविधा पाई रहेका छौ, अर्को विकासको हरेक कुरा जनताले बुझन पाउने वहाँको अधिकार हो । जहाँ सम्म अनियमितताको कुरा छ । म आएको आ व देखिमा जति पनि ठुला कार्यहरु भएको छ त्यो सब टेन्डर प्रक्रियाबाट नै भएका हो । टेन्डर जो कोहिले पनि हाल्न पाउछ जसले लाईसेन्स पाएकोछ, टेन्डर पर्छ उसैलाई जसले कम दरमा हाल्छ । अब पुल निर्माणको कुरा छ । यो म आएको आ व भन्दा पहिले नै टेन्डर भई सकेको कुरा हो यसमा मलाई केहि बोल्न उचित लाग्दैन । अरु कुरा समबन्धित विषयबाला संग नै सोधदा जवाफ आउ थियो कि वहाँले बताए ।

संघर्ष समितिका अगुवा शशि कपुर महतोले जिकिर गर्दै भने यो वहाँहरुको बहाना बाजी मात्र हो सबैको मिलि भगत छ । अब हामी विकासको लागी लागी पर्छौ भएन भने चरनबद्ध आनदोलनका कार्यक्रम समेत अगाडी बढाउने बताए ।

यता यस विषयमा गाउँपालिका अध्यक्ष ठकु महतो कोईरीले कार्य व्यस्ताताको कारण पत्रकारलाई समय दिन मानेन ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...