ईलाका प्रहरी कार्यालय नरहाले गरे खुल्ला मदिरा नष्ट

  • असोज १०, २०७६
  • ९९८ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव/८ असोज, बिष्णुपुर । ईलाका प्रहरी कार्यालय नरहाले खुल्ला मदिरा नष्ट गरेको छ ।प्र.ना.नी. सगिर अहमदको कमाण्डमा खटिएको टोलिले सिरहा चोहर्वा सडक खण्डको नरहा बलुवा स्थित म्याजिक चेकजाँच गर्ने क्रममा मदिरा बरामद गरी नष्ट गरेको हो । चोहर्वा बाट सिरहा तर्फ जाँदै गरेको म्याजिकमा लुकाई छिपाई लाँदै गरेको बेला सिरहाको नरहा गाँउपालिका वडा न.५ स्थित चेकजाँच गरी जम्मा ४५ लिटर खुल्ला मदिरा बरामद गरी सो मदिरा नरहा गाँउपालिका वडा न.४ का अध्यक्ष सुर्यनाथ यादव,वडा न.५ का अध्यक्ष हुकुमदेव यादव,समाजका भद्रभलादमी समाजसेवी पत्रकार समेतको रोहवरमा बिहिबार नष्ट गरेको इ.प्र.का नरहाका प्र.ना.नी सगिर अहमद ले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...