आधारभूत स्वास्थ्य सेवा आजकाे आवश्यकता : उपेन्द्र यादव

  • पुस १४, २०७८
  • ६०५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सुरेश यादव,नवलपरासी / पुस १४ ।आज पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ४ मा निर्माण भएकाे आधारभूत स्वास्थ्य सेवा केन्द्रकाे समुदघाटन कार्यक्रम सम्पन्न भएकाे छ । रामग्राम नगरपालिकाकाे आर्थिक सहयाेगमा आधारभूत स्वास्थ्य केन्द्रकाे निर्माणकार्य सम्पन्न भएकाे हाे । रामग्राम नगरपालिका वडा नं ४ वडा कार्यालयकाे आयाेजनामा उद्घाटन कार्यक्रम सम्पन्न भएकाे हाे । रामग्राम नगरपालिका वडा नं ४ का वडा अध्यक्ष मदन यादवकाे अध्यक्षता तथा जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष एवम् पुर्व उपप्रधानमन्त्री तथा पुर्व स्वास्थ्य मन्त्री उपेन्द्र यादवकाे प्रमुख आतिथ्यता एवम् लुम्बिनी प्रदेशका भाैतिक पुर्वधार मन्त्री सहसराम यादवकाे विशिष्ट आतिथ्यतामा उद्घाटन भएकाे छ । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि यादवले आधारभूत स्वास्थ्य सेवा आजकाे दिनमा आवश्यकता रहेकाे , हरेक पालिकामा हस्पिटलकाे आवश्यकता र एक वडा एक आधारभूत स्वास्थ्य केन्द्र हुनुपर्छ उहाँले जाेड दिनुभयाे । अहिले सबै स्थानीय तहमा डाक्टरहरुकाे आवश्यकता रहेकाे र निःशुल्क स्वास्थ्य सेवा उपलब्ध हुनुपर्ने उहाँले बताउनुभयो । जसपाकै देन हाे कि अहिले हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भई रहेकाे उनले दाबी समेत गरे । received_476019467458797 कार्यक्रममा लुम्बिनी प्रदेशका कृषि मन्त्री सुमन शर्मा रायमाझी,पुर्व रक्षा राज्य मन्त्री एवम् जसपाका केन्द्रीय सदस्य रामवचन यादव,पुर्व शिक्षा राज्य मन्त्री एवम् जसपाका केन्द्रीय सदस्य गाेबिन्द चाैधरी,संविधानसभा सदस्य चिनक कुर्मी,अलाउदिन अन्सारी,केन्द्रीय सदस्य सुरेन्द्र पटेल,जनता समाजवादी पार्टीका नवलपरासी जिल्ला अध्यक्ष धरेन्द्र यादव,वडा नं ४ का वडा सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा स्वागत मन्तव्य रामग्राम नगरपालिकाकाकी उप-मेयर रम्भा कुवरले राख्नु भएको थियाे भने कार्यक्रम सञ्चालन पदम कुमार यादवले गर्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...