चेतनामूलक नाटकको प्रदर्शन अन्तिम चरणमा

  • पुस ११, २०७८
  • ७९० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा :: पुस ११ । बदलिँदो परिस्थितिमा नेपाली भूमिमा अनेकन परिवर्तन देखिएता पनि आम नागरिकले भोगीरहेको र राज्यले भोग्न विवस पारिएको जल्दोबल्दो समस्याको रूपमा परिचित समस्या हो नागरिकता सम्बन्धी कानुनी व्यवस्था । खासगरी महिला वर्गको हक अधिकार सम्बन्धी कानुनमा जे जस्तो व्यवस्था गरिएता पनि अस्पस्ट नागरिकता सम्बन्धी नीतिका कारण महिला र जन्मसिद्ध नागरिकले भोग्दै आएका नागरिकता सम्बन्धी समस्यालाई नजिकबाट नियाल्दै नागरिकताबाट वञ्चित आम नागरिकलाई कसरी नागरिताको अधिकार सम्म पुगाउने र नागरिकता प्राप्तिको लागि आवश्यक प्रक्रिया र कर्तव्य पालना सम्बन्धी चेतना मुलक नाटक ढकिया में नागरिकता को प्रसारण आउँदो माघ १ गतेदेखि हुने भएको छ । निर्देशक सरिता शाहद्वारा निर्देशित नाटकमा करिब एक दर्जन कलाकारले अभिनय गर्ने भएको छ । नागरिकता देशको मूलभूत समस्या भएकोले देशका विभिन्न भागबाट कलाकारहरु छनौट गरिएको छ । कलाकारहरु क्रमस १- सञ्जय मुडियारी ( मोरङ ) २- सुदिप जंग कार्की ( मोरङ) ३- सुस्मिता पोख्रेल (सुनसरी ) ४- हाङ ओ राई ( भोजपुर ) ५- रमिता यादब ( सिराहा ) ६- सुदिप पटेल (धनुषा ) ७- सरिता शाह (महोत्तरी ) ८- सुजिता शाह ( महोत्तरी ) ९- आदित्य मिश्रा (रौतहट) १०- अनिल कुर्मी + नवलपरासी ) ११- राज शर्मा पंगेनी ( नवलपरासी ) लगायत प्रिन्स शाहको समेत अभिनय रहने बुझिएको छ । उक्त नाटक माघ १ देखि १० गतेसम्म हरेक दिन साँझ ४.३० बजेको समयमा शिल्पी थिएटर बतिशपुतली काठमाण्डौमा प्रदर्शन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस

विद्युतको कर हटाउन ...

 काठमाडौं । विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन तथा डेडिकेटेड र ट्रङ्क ल ...

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...