चेतनामूलक नाटकको प्रदर्शन अन्तिम चरणमा

  • पुस ११, २०७८
  • ६२८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा :: पुस ११ । बदलिँदो परिस्थितिमा नेपाली भूमिमा अनेकन परिवर्तन देखिएता पनि आम नागरिकले भोगीरहेको र राज्यले भोग्न विवस पारिएको जल्दोबल्दो समस्याको रूपमा परिचित समस्या हो नागरिकता सम्बन्धी कानुनी व्यवस्था । खासगरी महिला वर्गको हक अधिकार सम्बन्धी कानुनमा जे जस्तो व्यवस्था गरिएता पनि अस्पस्ट नागरिकता सम्बन्धी नीतिका कारण महिला र जन्मसिद्ध नागरिकले भोग्दै आएका नागरिकता सम्बन्धी समस्यालाई नजिकबाट नियाल्दै नागरिकताबाट वञ्चित आम नागरिकलाई कसरी नागरिताको अधिकार सम्म पुगाउने र नागरिकता प्राप्तिको लागि आवश्यक प्रक्रिया र कर्तव्य पालना सम्बन्धी चेतना मुलक नाटक ढकिया में नागरिकता को प्रसारण आउँदो माघ १ गतेदेखि हुने भएको छ । निर्देशक सरिता शाहद्वारा निर्देशित नाटकमा करिब एक दर्जन कलाकारले अभिनय गर्ने भएको छ । नागरिकता देशको मूलभूत समस्या भएकोले देशका विभिन्न भागबाट कलाकारहरु छनौट गरिएको छ । कलाकारहरु क्रमस १- सञ्जय मुडियारी ( मोरङ ) २- सुदिप जंग कार्की ( मोरङ) ३- सुस्मिता पोख्रेल (सुनसरी ) ४- हाङ ओ राई ( भोजपुर ) ५- रमिता यादब ( सिराहा ) ६- सुदिप पटेल (धनुषा ) ७- सरिता शाह (महोत्तरी ) ८- सुजिता शाह ( महोत्तरी ) ९- आदित्य मिश्रा (रौतहट) १०- अनिल कुर्मी + नवलपरासी ) ११- राज शर्मा पंगेनी ( नवलपरासी ) लगायत प्रिन्स शाहको समेत अभिनय रहने बुझिएको छ । उक्त नाटक माघ १ देखि १० गतेसम्म हरेक दिन साँझ ४.३० बजेको समयमा शिल्पी थिएटर बतिशपुतली काठमाण्डौमा प्रदर्शन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...