पश्चिम् नवलपरासीमा १ लाख भन्दा बढी मुल्य बराबरको अवैध मालसामान बरामद

  • पुस ६, २०७८
  • ३८८ पटक पढिएको
  • उर्मिला यादव
alt

उर्मिला यादव पुष ६ ।पश्चिम् नवलपरासीमा १ लाख भन्दा बढी मुल्य बराबरको अवैध मालसामान बरामद पुस ६ उर्मिला यादव सुनवल जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीले आज मंगलबार करिब १ लाख १० हजार ४ सय मुल्य बराबरको बिभिन्न मालसामान बरामद गरेको छ ।प्रहरीको अनुसार सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको प्लाष्टिक बुलेट गन ९६ पिस र बिभिन्न किसिमका बच्चाको खेलौना ७२ पिस लगायतका सामान पाल्हिनन्दन गाँउपालिका वडा नम्बर २ भक्सिपुरबाट बरामद गरेको हो । उक्त मालसामान भारतबाट अवैध रुपमा मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मानिस मोटरसाईकल सहित भागेको प्रहरीले जनाएको छ । बरामद भएको मालसामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...