पश्चिम् नवलपरासीमा १ लाख भन्दा बढी मुल्य बराबरको अवैध मालसामान बरामद

  • पुस ६, २०७८
  • २४३ पटक पढिएको
  • उर्मिला यादव
alt

उर्मिला यादव पुष ६ ।पश्चिम् नवलपरासीमा १ लाख भन्दा बढी मुल्य बराबरको अवैध मालसामान बरामद पुस ६ उर्मिला यादव सुनवल जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीले आज मंगलबार करिब १ लाख १० हजार ४ सय मुल्य बराबरको बिभिन्न मालसामान बरामद गरेको छ ।प्रहरीको अनुसार सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको प्लाष्टिक बुलेट गन ९६ पिस र बिभिन्न किसिमका बच्चाको खेलौना ७२ पिस लगायतका सामान पाल्हिनन्दन गाँउपालिका वडा नम्बर २ भक्सिपुरबाट बरामद गरेको हो । उक्त मालसामान भारतबाट अवैध रुपमा मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मानिस मोटरसाईकल सहित भागेको प्रहरीले जनाएको छ । बरामद भएको मालसामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...