अप्रवासिहरुको बिप्रेषण बाट देश चलेको छ,तर तिनै अप्रवासिहरुमा आश्रित परिवारका सदस्य भने कठिनाई भोग्दै छन। सरकार के गर्दै छन ?

  • पुस ३, २०७८
  • ६२७ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव÷सिरहा । समान्य रुपमा एक देशको नागरिकले आफ्नो देश बाहेक अर्कौ देशमा जानु अप्रवासि हो भन्ने त्यो देशमा गई पारिश्रमिक पाउन गरिने रोजगार तथा क्रियाकलाप अप्रवासिहरुको काम हो र उनिहरु अप्रवासि कामदार हो ।। यसै अधारमा नेपालि नागरिकहरु पनि रोजगारको शिलशिलामा आफ्नो देश बाहेक युरोपियन देश सहित करिब एक सय नब्बे मुलुकमा जाँदे पुग्दै आएका छन । उनिहरु काम गर्दै अप्रवासि भएका छन । रोजगार गरिरहेका छन ।त्यस वापत तिनिहरु पारिश्रमिक जुटाइरहेका छन ।आयआर्जन गरिरहेका छन ।उनि अप्रवासिहरुले कामाएको पारिश्रमिक बाट मजाले बिप्रेषण असुल्दै देश धानिरहेका छन । देश ति अप्रवासिहरुको बिप्रेषण बाट चलेको छ,तर तिनै अप्रवासिहरुमा आस्रित उनिहरुको परिवारका सदस्यहरु भने कठिनाई भोग्दै गरेको अबस्था छन । सरकार के गर्दै छन ? बैदेशिक रोजगारिको बिप्रेषणले थेगिरहेको यो देश अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको श्रम शक्तिलाई उत्पादनमुलक र प्रतिस्र्पिर्ध कहिले बनाउने ? बैदेशिक राजगारिबाट आर्जित पुजि,धन,प्रबिधि सिप र अनुभवलाई अधिकतम रुपमा कहिले परिचालन गर्ने ? राज्यको दायित्व र निति हो । यस दायित्व र नितिको बोध कसलाई कहिले हुने ? रोजगारिका लागि खाडि देखि बिभिन्न देशमा गएकाहरुको बिभिन्न बाधा अडचन समस्याहरु मात्रै होइन मृत्यूवरन सम्म पनि भएका छन । काम गर्न नसकिने गरि बिदेशमै चोट लागेका र मृत्युवरन नै भएका अप्रवासिहरुको परिवारका सदस्यहरुको समस्या कसरि टाढिने र समाधान हुने तर्फ पनि राज्यको धयान जानु जरुरि छ । काम गर्दा गदै बिदेशमै ज्यान गुमाएकाहरुको क्षतिपुर्ति पाउन कठिनाइ भैराखेका तथ्यांकहरु गा्रमिण भेगका संचार माध्यहरु बाट सार्वजनिक भैरहदा सरकारले मौनता देखाउनु भएन । उनि अप्रवासिहरले तिरिरहेको बिप्रेषणले उनि र उनिहरुका परिवारका सदस्यहरुको अधिकारको सरंक्षणमा पनि पुर्ण सहयोगको खाँचो महशशुस भैरहेको शुक्रवार पुष २ गते जिल्ला समन्वय समिति सिरहाको सभा कक्षमा भएको अन्तररास्टिय अप्रवासन दिवस २०२१ को अन्तरक्रिया कार्यक्रम बाट झल्किएको थियो । अप्रवासिहरु र कतिपय अप्रवासिहरुको बिदेशमै मृत्युवरण भए पश्चात तिनका परिवारका सदस्यहरुले जुध्दै भोग्दै गरेको समस्याहरु संघियता यता नेपाल भित्र रहेको ७७ वटा जिल्लाहरु मध्ये सिरहा पनि यसता समस्याहरु देखि अछुतो नरहेको सिरहाका बिभिन्न पालिकाहरु बाट अप्रवासमा रहदा रहदै मृत्यु भएका अप्रवासिहरुको परिवारजन तथा सामि परियोजना अप्रवासि श्रोत केन्द्र सिरहाले बताए । अप्रवासि श्रोत केन्द्र सिरहाले अन्तरराष्टिय अप्रवासण दिवस २०२१ को अवसरमा आफ्ना प्रगति बिवरण सुनाउँदै अप्रवासि र अप्रवासिहरुको परिवारका सदस्यहरुले भोग्दै गरेको बिभिन्न समस्याहरुको बारेमा प्रष्ट पारेका थिए ।सामि परियोजना सिरहाले सिरहाको बिभिन्न अप्रवासिहरुले नेपाल स्थित रहेको बिभिन्न बिमा संस्था र म्यानपावरका एजेन्टहरुको रबैया र बिचौलियाहरुको मारमा परेको बताए । सुर्या लाइफ इन्सुरेन्स र सान नेपाल लाइफ इन्सुरेन्स कम्पनिहरुले अप्रवासिहरुको मृत्यु पश्चात अप्रवासिहरुको परिवारजनहरुले पाउनु पर्ने उचित क्षतिपुर्तिमा ठगि गर्दै पिडितलाई झन पिडा दिने गरेको बताए । बिश्वव्यापिकरण र सुचना प्रबिधिको तिव्र बिकासले गर्दा अप्रवासन वर्तमान समयमा समाजको अभिन्य अयाम बनिरहदा रोजगारिको खोजि अप्रवासिहरुको हित र रक्षाका साथै बैदेशिक रोजगारमा रहँदा पाउने सेवा सुबिधा,न्युनतम मानव अधिकारको प्राँतीमा कठिनाई समस्याहरु हुनुहुदैन ।अप्रवासि भएकै कारण उनिहरुमाथि भैरहेका बिभेद जस्ता समस्याहरु टाढिनु जरुरी छ ।सिरहाको अर्नमा गाउँपलिका महेन्दर सदाय,लहान नगरपालिका १६ तरेगनाका बद्रि यादव,कल्याणपुर नगरपालिका वडा १० रमना बंगठिया मदन मण्डलकी श्रीमती,सिरहा नगरपालिका भजनाहाकी आषा यादव ,नरहा गापाको सुकमैल देबि महरा कि छोरि,बिष्णुपुर गाउँपालिका वडा न.२ को राम एकबाल यादव आदि अन्यहरुले यस्ता समस्याहरु सँग सँघर्ष गरिरहेको अबस्था छन ।अप्रवासन हित अधिकार संरक्षण होस ।सचेत,सीपमुलक र सुरक्षित रोजगारःमर्यादित श्रम अप्रवासनको मूल अधार नराको प्रत्याभुति अरु देशको जनता जस्तै नेपालि जनतालाई पनि होस । यसमा स्थानिय सरकारको पनि उतिकै दायित्व रहेको बोध पनि होस ।

 

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...