सरावलमा दुग्गी नाईट क्रिकेट प्रतियोगिताकाे समुदघाटन

  • पुस २, २०७८
  • ४२९ पटक पढिएको
  • Pradesh Times
alt

 सुरेश यादव,नवलपरासी/पुस ०२ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वड नम्बर ४ ललितपुरमा दुग्गी नाईट क्रिकेट प्रतियोगिताकाे एक कार्यक्रम बिच समुदघाटन गरिएकाे छ । शिव शक्ति युवा क्लब सरावल -४ ललितपुरको आयाेजना तथा ललितपुरका युवा समाजसेवीहरुकाे सहयोगमा सात दिवसीय दुग्गी नाईट क्रिकेट प्रतियाेगिताकाे समुदघाटन गरिएकाे हाे । शिव शक्ति युवा क्लबका अध्यक्ष दिपक कुमार सहानीकाे अध्यक्षता तथा उधाेग बाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारीकाे प्रमुख आतिथ्यतामा समुदघाटन भएकाे हाे । राष्ट्रकाे लागि खुेलकुद स्वास्थ्य काे लागि खेलकुद मुल नाराका साथ क्रिकेट प्रतियोगिता भएकाे हाे । कार्यक्रममा बाल्दै प्रमुख अतिथि भण्डारीले युवाहरुकाे प्रतिभा र कलालाई प्रतिस्पर्धात्मक तरिकाबाट प्रतिस्फुटन गराउनकाे लागि यस्ता प्रतियोगिताको आवश्यकता रहेकाे बताउनुभयो । साथै यस्ता प्रतियोगिताबाट खेलाडीहरुकाे शारीरिक ,मानसिक ,स्वास्थ्यलाई समेत कायम राख्ने भएकाे बताउदै उत्तकृष्ट खेलाडी उत्पादनमा सहयोग पुग्ने जाेड दिनुभयाे । उहाँले ललितपुरका युवा समाजसेवीहरुकाे मनाेभावनालाई कदर गर्दै आफू यश समुदायका खेलाडीहरूलाई हरेक प्रकारको साथ सहयोग गर्ने बताउनुभएको थियाे । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु १५०००/- मेडल र प्रमाणपत्र साथै द्वितीय हुने टिमलाई नगद रु १००००/- मेडल र प्रमाणपत्र दिने क्लबका सचिव माेहम्मद सलिम राईनले जानकारी दिनुभयाे । खेल हरेक दिन साझ ६ बजेबाट खेलाईन्छ भने हरेक खेल ६ ओभरको हुनेछ । कार्यक्रममा स्वागत मन्तव्य युवा क्लबका सचिव माेहम्मद सलिम राईनले राख्नु भएकाे थियाे भने सरावल गा.पा. वडा नं ५ का वडा अध्यक्ष दिनेश सहानी , नेकपा एमालेका जिल्ला सदस्य सुखाडी प्रसाद चाैधरी , नेकपा एमाले सरावल गा.पा. संयाेजक सुरेश प्रसाद यादव , अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य शुशान्त शर्मा घिमिरे , मधेस मिडिया मिशन नेपाल नवलपरासीका अध्यक्ष सुरेश यादव , पत्रकार महेश यादव लगएतकाे उपस्थिति रहेकाे थियाे ।
 
 
 

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...