पशुपती आदर्श माध्यमिक विद्यालयद्वारा करोडौंको ब्रहमलुट

  • मंसिर २२, २०७८
  • ५२० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

विनोद मण्डल मंसिर 22 । सिरहाको लहानमा रहेको पशुपति आदर्श माध्यमिक विद्यालय द्वारा स्थानिय व्यापारीहरुबाट स्टल बनाई दिने भनेर अग्रिम भुक्तानी वापत प्रती व्यापारीबाट ४ देखि ६ लाखको दरले रकम पशुपति आदर्श माध्यमिक विद्यालयका तत्कालीन ब्यबस्थापन समिति का अध्यक्षद्धय तथा सांसद पदम नारायण चौधरी र प्रदेश सांसद लगन लाल चौधरीको पालामा तत्कालीन प्रधानाध्यापक परमेश्वर राय र महेन्द्र चौधरीले व्यापारी हरुबाट करिब ९ बर्ष अगाडि 2 करोड रकम बुझेका थिए । विद्यालय प्रशासनद्वारा करिब ३७ व्यापारीहरुबाट स्टल बुकिङ गर्ने गराउने भनी करोडौं रकम असुलेको हो । यसरी विद्यालयले लिएको अग्रिम भुक्तानी वापतको स्टल निर्माण भएको छैन भने बाध्य भएर आफूहरु आन्दोलित हुनुपरेको घर जग्गा भाडा उपभोक्ता समितिका संयोजक व्यापारी प्रमोद दासले जानकारी गराउनु भएको छ । स्थानिय व्यापारीहरूले व्यापार व्यवसाय सञ्चालन गर्नका लागि लहानको बजार क्षेत्रमा रहेको विद्यालयको सटर भाडामा लिएर व्यापार गर्नका लागि स्थानियले रकम जम्मा गरेपनि लामो समयसम्म व्यापारीहरुलाई रणभुलमा पारेपछि आक्रोशित हुनु स्वाभाविक हो । स्थानिय व्यापारीहरूले पटक पटक विद्यालय प्रशासनलाई आफ्ना समस्याका बारेमा जानकारी गराउँदा पनि सुनुवाई नगरेपछि वाध्य भएर आन्दोलनमा जानुपरेको व्यापारीहरूको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...