ब्लु स्काई स्टुडियोको दमदार प्रस्तुति युवा पिढीको आकर्षण

  • मंसिर २१, २०७८
  • १५०९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

विनोद मण्डल मंसिर 21 । गायन वादन अनि नृत्यको संयोजनले आदिम कालदेखि आफ्नो पहिचान निरन्तर अगाडी बढाईरहँदा समय समयमा आएको परिवर्तनमा कला क्षेत्रको महत्वपूर्ण भूमिका रहिआएको छ । प्रसंग अलि फरक आज भोलिको युवा पुस्ताले मनोरञ्जन र नृत्यलाई आफ्नो जीवनको एउटा अभिन्न अंगको रुपमा लिएर अघि बढिरहेका बेला नवलपरासी जिल्लावाट करिब 3 बर्ष अगाडी अाम युवाको चाहनालाई पूरा गर्ने उद्देश्यले उदाएका अशल व्यक्तित्व दीपक साहनीले नवलपरासी जिल्लाको रामग्राम नगरपालिकाको वडा नं 5 घण्टाघर बाल मन्दिर स्थित ब्लू स्काई स्टुडियोको सञ्चालन गरेर डान्स सिकाउन शुरू गरेका थिए । जिल्लामा डान्स सिकाउने अशल ठाउँ नभएकोले उनी स्थानिय पोखरा पाली गाउँबाट देशको राजधानी शहर काठमाण्डौ गएर डान्स सिकेर पुन आफ्नै जिल्लामा फर्किएर डान्स सिकाउन थाल्नुभयो । अत्यन्त मिजासलु सरल स्वभावका धनी दीपकले निरन्तर स्थानिय स्तरमा डान्स सिकाउन थाले । आजको समयसम्म आइपुग्दा स्टुडियो व्यवस्थित रूपमा अगाडी बढ्न थालेको छ भने उक्त डान्सलाई निरन्तर रूपमा अगाडी बढाउन एक कार्यसमिति बनाइएको छ । जसमा पदाधिकारीहरु १-दीपक साहनी (अध्यक्ष) २-सुर्य प्रशाद रिजाल (उपाध्यक्ष) ३- सुनिल केवट(सचिव) ४-दीपक हरिजन (सहसचिव) ५- मधु भर (कोषा अध्यक्ष ) ६- अनिशा जर्घा मगर (सदस्य) ७-लेबिस्का कुमारी चौधरी (सदस्य) लगायतको कार्यसमिति द्वारा संचालित स्टुडियोमा डान्स सिक्ने करिब ५२ परीक्षार्थी रहेको छ भने डान्स मास्टरको रूपमा बिकास हरिजन ,अनुष्का वर्मा , लेविस्का चौधरी , दिव्या चौधरी , अनिशा जर्घा मगर रहेका छन् । निशुल्क फाराम वितरण गरीरहेको स्टुडियोले नयाँ परीक्षार्थी भर्नाको लागि आवेदन खुल्ला राखेको छ भने जिल्लामा नृत्य क्षेत्रमा छुट्टै पहिचान कायम गर्न सफल ब्लु स्काई स्टुडियोको आजभोलि चौतर्फी विकासका लागि अाम जिल्ला बासीको एकातिर ध्यान दिन जरुरी छ भने अर्कोतिर नया प्रतिभाको प्रस्फुटन गर्ने ठाउँको रुपमा विकास भइरहेको हुँदा युवाहरु हर्षित भएको भोजपुरी कलाकार रामजी प्रजापतिले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...