बिष्णुपुर गाउँपालिकामा शान्ति सुरक्षाको खाँचो,

  • मंसिर ९, २०७८
  • ४७९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स । सिरहाको बिष्णुपुर गाउँपालिकामा विभिन्न अपराधिक घटनाहरु तीब्र रुपले बढिरहेको बेला जिम्मेवार निकायहरू मौन देखिएका छन। बिगत केहि दिन देखि सिरहाको बिष्णुपुर गाउँपालिकामा चोरी देखि हत्याहिंसा समेतको घटना भैरहदा यस प्रति जिम्मेवार निकायहरूको खासै चासो नदेखिएको स्थानीयहरुको बुझाइ रहेको छ।

स्थानीयहरुका अनुसार सार्वजनिक कार्यालय देखी लिएर निजि घर सम्म हुने चोरि घटनाको खोजबिन गरि चोर र अपराधिहरुलाइ फेला पारि कानुन कार्यवाहीको दायरामा ल्याउन जिम्मेवार निकाय ,प्रहरी प्रशासन र स्थानीय सरकार असफल रहेको छ। यस गाउँपालिका भित्र हुने विभिन्न अपराधजनक घटनाहरुलाइ दबाउन पनि राजनीतिक दबाब सृजना गर्ने र अपराध लुकाउने जस्ता राजनीतिकरन खेल हरु हुदै गरेको उनि स्थानीयहरुको बुझाइ रहेको छ।

गाउँघरमा कुसंस्कारमा जक्रेको राजनीतिका पथ प्रदर्शकहरुले यो मेरो पार्टीको त उ तेरो पार्टीको भनेर कार्यकर्ता जमाउने खेलमा रहेको चौक चौराहाहरुमा ठुलै चर्चा चलेको स्थानीय बुद्धिजीवी ब्यपारिहरु बताउँछन् । अपराध गर्नेहरू अकाश बाट झरेर आउँदैन।उनिहरु यहि समाज र समुदाय विभिन्न गाउँ बस्ति सहरको हुदाहुदै पनि अपराधिक गतिविधि गर्नेहरुको खोजिनिति हुदैन ।

यसमा स्थानीय सरकार पनि दोषी रहेको समाजको विभिन्न अगुवाहरुको तर्क रहेको छ। सिरहाको बिष्णुपुर गाउँपालिकाको कुनै वडा अपराधजन्य घटनाहरु बाट मुक्त छैन ।चाहे त्यो चोरिको घटना होस या हत्या हिंसा नै।गाउँ बस्ति अछुतो छैन ।यतिखेर गाउँपालिका बासिहरु नै आतंकित भएको छन।आखिर जनता आतँकित पारिने अपराधिहरु कहाँको ? बुझ्न गार्‍हो भएको बुद्धिजीवीहरुको तर्क रहेको छ।a

अपराधीहरुलाइ संजिवनि बुटि दिनेहरू को ?किन अलपत्रमा छन सरकार र जिम्मेवार निकायहर ? गाउँ समाजमा हुने प्रायः जसो घटनाहरुमा समाजको हरेक पक्षहरुले घटना पता लगाउनु भन्दा पनि बचाउ र ढाकछोप गर्ने तिर बढि चासो देखिएको हुन्छ ।बरु उनिहरु अपराधजनक घटनाको नियन्त्रण तिर उतरदायित्व बोध होस।

 अपराध मुक्त समाजको परिकल्पनामा जुट्नु मानव सबैको धर्म होईन र? धेरै अपराधजनक घटनाहरु भएपछि पीडितहरुले शंका उपशंका गर्नु स्वभाभिक हो ।त्यसलाई सहज छानबिनमा समाजले सहज भुमिका खेलिदिनु र बनाइ दिनु पनि मानवीय कर्तव्य पनि हो। बिगत केहि दिन पहिले सिरहा चोहर्वा मुख्य सडक खण्डको पेटिमा नरहा गाउँपालिका स्थित एउटा ७५ बर्षिय पुरुषको सब भेटिएको थियो।त्यो शब सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर २ कौवाहा घर भै बस्ने किसुन यादव (धामिको) थियो।उहाँको पोस्टमार्टम भयो ।उहाँको हत्या भयो कि दुर्घटना प्रष्ट खुल्न ढिलाइ नै भए पनि हत्या भएको आशंका चौतर्फी प्रष्ट छ।आशंकाको अधारमा छानबिनको पनि थालनि नभएको होइन तर त्यसमा तादरुकताको साथ हुनुपर्ने आम समुदायहरुको कौतुहलता रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...