अबैध लागु औषध सहित नरहा गाउँपालिका ३ बाट दुइ मानिस नियन्त्रणमा

  • मंसिर ५, २०७८
  • ७९९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 प्रदेश टाइम्स ५ मंसिर सिरहा। सिरहाको नरहा गाउँपालिका ३ बाट अबैध लागु औषध ब्राउन सुगर सहित दुइ जना मानिसलाइ प्रहरीले पक्राउ गरेको छ। नरहा गाउँपालिका ३ डन्डाटोल स्थित चेकजाँच गर्ने क्रममा प्रहरीले उनिहरुलाइ पकाउ गरेको हो।पक्राउ पर्नेमा नरहा गाउँपालिका ३ बस्ने २१ वर्षीय इन्दल कुमार यादव र सोही ठाउँ बस्ने २० वर्षीय कपिल महरा रहेको छ। पक्राउ परेको दुबै जना सँग ४ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर र नाइट्रोभेट लेखिएको दुइ ट्यबलेट बरामद गरेको छ।हाल पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय गोलबजारसिरहामा राखि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...