मारुती सिमेन्ट सहित ३ सिमेन्ट गुणस्तर हिन बिक्री वितरणमा रोक्

  • मंसिर २, २०७८
  • ४११ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स ,सिरहा, ०२ मंसिर । गुणस्तर तथा नापतौल विभागले तीन उद्योगको सिमेन्टको बिक्री वितरण रोक्का गरेको छ । मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट प्रालिको उत्पादनमा कम गुणस्तर पाइएको भन्दै विभागले १५ दिनभित्र स्पष्टीकरण दिन समेत पत्राचार गरेको छ । ती सिमेन्टको गुणस्तर परीक्षण गर्दा मापदण्ड अनुरुप गुणस्तर नभएकाले बिक्री वितरणमा रोक लगाउँदै स्पष्टीकरण सोधिएको विभागले जनाएको छ । ‘सिराहाकाे गाेलबजार नगरपालिका ९मा रहेको मारुती सिमेन्टको ओपिसी ४३ ग्रेड, धादिङमा रहेको युनाइटेड सिमेन्टको ओपिसी ५३ ग्रेड र रुपन्देहीमा रहेको जगदम्बाको पिपिसी सिमेन्टको नमुना परीक्षण गर्दा मापदण्ड अनुसार गुणस्तर पुगेन,’ विभागका महानिर्देशक विश्वबावु पुडाशैनीले भने, ‘कम्पनीले ४३/५३ ग्रेड भएको दाबी गरेपनि त्यो देखिएन ।’ पुडाशैनीका अनुसार मारुतीबाट संकलन गरिएको नमुनाको कम्प्रेसिभ स्ट्रेन्थ ७ र २८ दिनको मान क्रमश ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको थियो । युनाइटेडको कम्प्रेसिभ स्ट्रेन्थ क्रमश ३७ र ५३ हुनुपर्नेमा न्यूनतम ३५ र ३९ थियो । यस्तै, जगदम्बाबाट संकलित नमुनाको कम्प्रेसिभ स्ट्रेन्थ १६ र २२ हुनुपर्नेमा १५ र २० मात्रै पुगेको थियो । ‘सिमेन्टको स्ट्रेन्थ कम हुनु भनेको गुणस्तर कम हुनु हो,’ उनले भने, ‘मारुतीको ओपिसी ४३ ग्रेड, युनाइटेडको ओपिसी ग्रेड ५३ र जगदम्बाको पिपिसीको बिक्री बितरण रोक्न पत्राचार गरेका छौं ।’ ती कम्पनीहरुलाई गुणस्तर प्रमाण चिन्ह ऐन २०३७ अनुसार स्पष्टीकरण सोधी कारबाही गरिने उनले बताए । गुणस्तर कम भेटिएको ब्याचका सिमेन्ट बजारबाट फिर्ता लिन पनि विभागले निर्देशन दिएको छ । त्यस्तै विभागले धनुषाको जानकी केवल इन्टरनेट कम्पनीलाई ०.७ एमएम स्क्वायर र १ एमएम स्क्वायर पिभिसी केवलको बिक्री वितरण रोक्न निर्देशन दिएको छ । सो केवल नेपाल गुणस्तरबमोजिम नरहेको जनाउँदै विभागले उल्लेखित साइजको पिभिसी बजारबाट फिर्ता लिन निर्देशन दिएको छ । बाराको ग्यास वान नेपाललाई पनि स्पष्टीकरण सोधिएको छ । सो ग्यास उद्योगले सेफ्टी क्याप नलगाएको, टेर वेट नलिएको, सिभिटी मेसिन नभएको, सिलिण्डर धुने व्यवस्था नभएको लगायतका मापदण्ड पुरा नगरेको जनाउँदै बोटलिङको कार्य बन्द गर्न विभागले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...