जनताको काम र बिकासको लागी पार्टी नछुट्याउने :पुर्व कानुन मन्त्री श्रेष्ठ

  • कार्तिक २३, २०७८
  • ४३८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स सिरहा ।जनताको काम र बिकासको लागि पार्टी नछुट्याउने पुर्व कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले बताएका हुन।पुर्व मन्त्री श्रेष्ठले कार्तिक २३ गते मंगलबार सिरहाको नरहा गाउँपालिकामा आयोजित गाउँपालिका भवनको शिलान्यास कार्यक्रममा बोल्दै आफुले जनताको काम र बिकासको लागि पार्टी नछुट्याउने बताएका हुन।  पार्टी नछुट्याई गाउँको चौतर्फी विकास र समृद्धिका लागि हरेक स्थानीय तहमा योजनाबद्ध रुपले बजेटमा अभिबृद्धि गरिएको पूर्व कानून न्याय तथा संसदिय मामिला मन्त्री लिलानाथ श्रेष्ठले बताए ।  जिल्लाको सबै स्थानीय तहको तुलनामा सिरहा क्षेत्र नं.३ अन्तर्गत पर्ने स्थानीय तहलाई लक्षित गरेर चौतर्फी रुपमा विकास गर्नका लागि पार्टीगत नीति भन्दा माथि उठेर ‘खोजी–खोजी’ बजेट ल्याइदिएको उनले बताए । ‘बर्षातको मौसममा हिलाम्मे रहने गाउँ–गाउँका सडकहरुमा ढलान भएको छ,’उनले भने,‘विकासको क्रम सुरु मात्र भएको छ । बाँकी सडकहरु आउने दिनमा व्यवस्थित हुने छन् ।’ गाउँको पूर्व विकास नीतिबारे चर्चा गर्दै उनले भने,‘तत्कालिन समयमा गाविसमा २० हजार बजेट आउँथ्यो त्यसलाई बढाएर हाम्रै पार्टीबाट तत्कालिन समयमा प्र.म.बनेका मनमोहन अधिकारीले गाउँको विकासका लागि ३ लाख र त्यसलाई पनि बढाएर ५ लाख ग¥यो ।’ अरु पार्टीहरुले गाउँको विकास गर्नुपर्छ भन्ने ‘नारा’ मात्र दिने गरेको उनले आरोप लगाए । संघीय प्रणालीको अवधारणा अनुरुप तय भएको स्थानीय तहलाई लक्षित गरेर हाम्रै पार्टीको सरकारले गाउँको चौतर्फी विकासका लागि करोडौं–करोड बजेट बिनियोजन गरिदिएको उनले सुनाए । केही विकास बिरोधी मानसिकताका व्यक्तिहरुले उपभोक्ता समितिमा आफ्नै नाउँ राखिनुपर्छ नभए काम हुनै नदिने गरि क्रियाकलाप गर्दा विकासमा समस्या आएको उनले थपे । जनताको स्वास्थ्य सुविधालाई सहज बनाउनका लागि पूर्व प्रधानमन्त्री केपी शार्मा ओलीको कार्यकालमा देशैभरी एकै दिन ३९७ अस्पतालको शिल्यानास गरिएको उनले चर्चा गरे । हरेक स्थानीय तहमा १५ बेडको अस्पतालका लागि १९ करोड सम्मको बजेट बिनियोजन गरिएको उनले दर्साए । शैक्षिक सुधारको अवधारणालाई परिमार्जन गर्दै कक्षा १२ सम्म निशूल्क र विपन्न दलित वर्गका विधार्थीलाई डिग्रीसम्म विषेश छुटको व्यवस्था गरिएको उनले थपे । उनका अनुसार फुसको घर विस्थापित र पक्की घर निर्माणका लागि ‘नागरिक सुरक्षित आवास कार्यक्रम’ ल्याइएको छ । उत्पादन अभिबृद्धि गर्न किसान लक्षित कार्यक्रम जस्तै सिचाई, सडक संजालको सुधार र अन्य कार्यक्रमहरु हाम्रै पार्टीको सरकारले ल्याएको उनले थप्दै भने,‘आफुले पनि यो क्षेत्रमा किसानका लागि बोडिङ्ग जडान, सडक संजालको सुधार र सामुदायिक भवन निर्माण तथा अन्य विकासका कार्यहरु गरेको छु ।’ आउने दिनमा पनि सिरहा क्षेत्र नं.३ का जनताको समस्यालाई ध्यानमा राखेर यसरी नै क्रियाशिलताका साथ काम गर्ने उनले प्रतिबद्धता जनाए । गाउँका सेवाग्राहीलाई एक थल्लोमा सम्पूर्ण सेवा प्रदान गरिनुपर्छ भन्ने संघीय सरकारले लिएको अवधारणा अनुरुप नरहा गापाको प्रशासनिक भवन निर्माण हुन लागेको प्रमुख प्रशासकिय अधिकृत सुजित कुमार यादवले बताए । निर्माण हुन प्रशासनिक भवन ३ तल्ले र ३६ कोठे हुने छन जसको लागत ५ करोड रहेको उनले बताए । आउने तीन बर्ष भित्र भवन निर्माण कार्य सक्ने गरी शिल्यानास गरिएको उनले थपे । भवन निर्माण कार्य सकेपछि एकै थल्लोमा नरहा गापाका सेवाग्रहीलाई लक्षित गरेर प्रशासनिक कार्य गर्न सहज हुने उनले विश्वास दिलाए । नरहा गाउँपालिका अध्यक्ष रामशरण यादवको अध्यक्षतामा भएको शिल्यानास समारोह कार्यक्रममा प्रदेशसभा सदस्य जगतारैन देवी साह, नरहा गापा उपाध्यक्ष गुलावदेवी सिंह, युवा नेता रामप्रमोद यादव (डम्बर), वडा नं.५ का वडाध्यक्ष हुकुमदेव यादव लगायतले नरहा गाउँपालिकाको विकासको अवस्था र आउने दिनको विकास नीतिबारे चर्चा गर्दै आ–आफ्ना मन्त्वय राखे ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...